रौतहट, ८ जेठ । विभिन्न मुद्दामा फरार रहेका ११ जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विशेष अभियान सञ्चालन गर्दै अदालतको फैसला कार्यान्वयन अन्तर्गत उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये मुद्दा सम्बन्धी कसुर, चेक अनादर तथा कुटपिट मुद्दाका फरार प्रतिवादी रहेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
प्रहरीले पक्राउ परेका मध्ये केहीलाई कैद सजाय तथा केहीलाई जरिवाना तोकिएको जनाएको छ । फरार प्रतिवादी पक्राउ अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित कुमार शर्माले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन