avast blocking zoom download zoom download for windows 10 64 bit filehippo download zoom in my laptop zoom for windows download free download zoom in laptop

कपकपाउदो चिसोमा कष्टकर जिवन विताउन बाध्य छ हजमिनियाँको डोम समुदाय

   २० पुष २०७८, मंगलवार ११:४५  

तराई टप
रौतहट, २० पुस । पुस महिनाको कपकपाउदो चिसोमा ओत लाग्न समुचित घर नहुँदा गौर पिपरा सडक खण्डको हजमिनियामा बस्दै आएको डोम समुदायका ६० जना सदस्यहरु यतिखेर कष्टकर जिवन विताउन बाध्य रहेका छन् ।
प्लास्टिकले तानेर ओत लागेकी एक वृद्धा महिला चिसोबाट कठ्याँग्रीएर पारालाइसिसको शिकार भएकी छिन्, एकल महिला रहेकी उनको उपचार गर्ने समेत धौं धौं परिरहेका हुन् ।

चिसोबाट कठ्याँग्रिएर परालाइसिसको शिकार बनेकी डोमबस्ती हजमिनियाको एकल महिला कुश्मी देवी


रौतहटको राजदेवी नगरपालिका वडा नम्वर १ स्थित सार्वजनिक बाटो छेउमा रहेको एलानी जग्गामा बस्दै आएको १४ जना डोम समुदायको परिवारलाई मुख्यमन्त्री आवास योजना अन्तर्गत उक्त फुसको छाप्रो हटाएर पक्कि घर बनाउने कार्य गत फागुन महिना देखि सुरु गरियो तर असार महिना मात्रै पर्खाल सम्म काम भए त्यसपछि बन्द भएको महिनौ दिन वितिसक्दा घरको निर्माण कार्य पुरा नहुँदा अतिविपन्न पिछडिएका डोम समुदायका सदस्यहरुलाई कष्टकर जिवन व्यतित गर्न विवश बनाइएको छ ।
साउन महिनाको झरी देखि लिएर पुस महिनाको कपकपाउदो चिसो मौसममा प्लास्टीकले छाना झुण्डयाएर करिव १४ परिवारको ६० जना सदस्यहरु बस्दै आएको छ । त्यसै छाना भित्र खाना पकाएर खाने, सुत्ने, वंगुर राख्ने लगायतको समस्याबाट जुढदै आएको छ । ६५ बर्षिय कुश्मि देवी डोम चार दिन अघि चिसोबाट कठ्याँग्रिएर पारालाइसिसको शिकार भईन स्थानीय नरसिंह मल्लिले बताए ।
एकल महिला कुश्मिको उपचारको लागि शिवनगर लगियो तर धेरै रकम लाग्ने भनेपछि त्यसै फर्काएर ल्याइएको उनले भने । निरन्तर रुपमा चलिरहेको पश्चिमा हावा संगै बढेको अत्याधिक चिसोमा न्यानो कम्वल, डसना लगायतको लुगाफाटाहरुको चरम अभाव छ, न ओछ्याउने छ, जेनतेन आगोको सहाराले अहिले सम्म बाँचिरहेको नरसिंहले यसरी दुखेसो सुनाए । छिटो घर बनाइदिन्छु भनेर भएको फुसको घर भत्काइयो तर पक्कि घर कहिले बन्ला ठेगान छैनन् तर योे चिसो समय विताउन निकै चुनौतीपूर्ण रहेको बताए ।
नरसिंहको अनुसार चिसोबाट १० वटा भन्दा बढि बंगुर मरिसकेको अवस्था छ, ओत लाग्ने समुचित व्यवस्था नभए यहाँ बसिरहेका मध्ये कति जनाले ज्यान गुमाउने हो ठेगान छैन, अहिले सम्म स्थानीय सरकारको ध्यान समेत आउन नसकेको हुँदा तपाईहरु मार्फत ध्यानाकर्षण गराइदिन तराई टप संग विन्ती समेत उनले गरे ।
नरसिंह संगै छविला मली, उपेन्द्र मलि, गणेश मलि, जगदिश मली, कुश्मी मली, अमिन्दर मलि सहित १४ जना डोम समुदाय बसोबास गरिहेको छ, न उनीहरुलाई ओत लाग्ने समुचित घर नै छ, न कतै कुनै निकायबाट हेरचाह गर्न नै आएको छ । सबै जना आगोको सहारामा भगवान भरोसे कष्टकर जिवन विताउन बाध्य छन् हजमिनियाको डोम समुदाय ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै