७२ हजार घुस सहित सोनमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव अख्तियारको फन्दामा

0 Shares

रौतहट, ८ जेठ । खाने मुखलाई जुंगाले छेक्दैनन् भन्ने उखान झै स्थानीय तहमा खान पल्केकाहरुलाई जुन सुकै सरकार आएपनि बालै मतलब छैन् तर फसेपछि सबै कर्तुत बाहिर आउँछ ठिक त्यसै आजको घटनाले साबित गरिदिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दीवासको टोलीले शुक्रवार दिउसो नियन्त्रणमा लिएको हो ।
अख्तियार श्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्ष संग आर्थिक लेनदेन भईरहेको सूचनाका आधारमा खटिएका टोलीले औरही सडक खण्डबाट प्रमुख प्रशासकीय अधिकृत यादवलाई नियन्त्रणमा लिए । पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादवको साथबाट ७२ हजार रुपैयाँ बरामद भएको बताइएको छ ।
यादव संग थप रकम समेत रहेको आशंका गरिएकाले घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको तथा यादवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोग श्रोतबाट बुझिएको छ ।
स्थानीय तहका उच्च कर्मचारीनै घुसकाण्डमा पक्राउ परेपछि उक्त घटनाले महोत्तरी सहित मधेश प्रदेश भरीको माहौललाई तरंगीत बनाएका छन् ।
रौतहटमा रहदा श्रीदेव यादवको कर्तुत
अख्तियारद्वारा पक्राउ परेका यादव रौतहटको माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहदा आर्थिक चलखेलको आधारमा कानुनले नमिल्ने गैरकानुनी रुपमा एउटा सब ओभरसियरलाई सातौं तहमा तहवृद्धि गरेका थिए । त्यती मात्रै नभई तहवृद्धि भएका कर्मचारी महागढीमाई नगरपालिका वारामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर लाखौं रकम अनाधिकृत रुपमा चलाएको थियो ।
श्रीदेव यादवले चौथो तहमा भर्ना भएका व्यक्तिलाई ऐन कानुनलाई धज्जी उडाउदै लक्ष्मण साहलाई सातौं तहमा तहवृद्धि गरे वापत आर्थिक चलखेल गरेका थिए । रौतहटको अन्य स्थानीय तहमा समेत यादवले जिम्मेवारी निर्वाह गर्दा नियमबाट नमिल्ने कर्मचारीलाई सातौं तहमा तहवृद्धि गरेको हुँदा उक्त कार्यहरुको पनि सुक्ष्म अनुगमन एवं अनुसन्धान गर्नुपर्ने यहाँका न्याय प्रेमी जनताहरुले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।