सरोज मिश्र
रौतहट । मधेश प्रदेश अन्तर्गत रौतहटमा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, न्यायमा पहुँच र हिंसा रोकथामलाई केन्द्रमा राख्दै दुईदिने विशेष तालिम सम्पन्न भएको छ ।
“समावेशी शासन, स्वतन्त्रताको प्रोत्साहन, र नेपालका अपाङ्गता भएका महिला र किशोरीहरूका लागि रूपान्तरीत वातावरण परियोजना” अन्तर्गत आयोजित उक्त तालिम मुक्ति नेपाल, सीबीएम ग्लोबल तथा नेपाल अपाङ्ग महिला संघ को सहकार्यमा सञ्चालन गरिएको थियो ।
तालिममा गौर, चन्द्रपुर नगरपालिका, दुर्गा भगवती तथा यमुनामाई गाउँपालिका का २८ जना महिला तथा किशोरी नेतृत्वकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाए ।
जेठ ७ र ८ गते गौतम होटल मा सम्पन्न तालिमको अध्यक्षता देवकुमारी महराले गरेकी थिइन भने सहजीकरण नेपाल अपाङ्ग महिला संघ की अध्यक्ष मिना पौडेलले गरेको थियो ।
अपाङ्गताको परिभाषा, प्रकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण तथा अपाङ्गता भएका महिला र किशोरीहरूले भोग्दै आएका हिंसाका विभिन्न स्वरूप र त्यसको रोकथामका उपायबारे विस्तृत सहजीकरण गरिएको थियो ।
परियोजना अधिकृत सुस्मिता श्रेष्ठका अनुसार मधेश प्रदेशका ३२ स्थानीय तहमा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार सुनिश्चित गर्दै न्यायमा पहुँच र समावेशी सहभागिता अभिवृद्धि गर्ने लक्ष्य सहित अभियान सञ्चालन भइरहेको छ । यसअन्तर्गत पालिका स्तरमा महिला नेतृत्वकर्ताहरूको सञ्जाल विस्तार गर्दै “न्याय हाम्रो अधिकार हो” भन्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको स्पष्ट पारिन् ।
तालिममा सहभागी महिला नेतृत्वकर्ताहरूले समुदायस्तरमा अपाङ्गता अधिकार, समान समावेशीकरण तथा हिंसा र हानिकारक अभ्यास विरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन