रौतहट, १० जेठ । बागमती नदीमा नुहाउने क्रममा शनिबार दुई युवक डुबेर बेपत्ता भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो वागमती नदीमा डुबेर बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार हिजो पाँच जनाको संख्यामा युवाहरु बागमती नदीमा नुहाउन गएका थिए । पूर्व पश्चिम राजमार्ग देखि करिब तीन किलोमिटर उत्तरमा रहेका मकवानपुर र सिन्धुलीको सीमाबाट बग्ने वागमती नदीमा नुहाउने क्रममा उनीहरू गहिरो भागमा पुगेपछि डुबेका स्थानीयले बताएको प्रहरीले जनाए ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य तीव्र पारिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लावुङले रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटिरहेको जानकारी दिइन् ।
नदीमा पानीको बहाव तीव्र रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको उनले भनिन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन