रौतहट, १० जेठ । सीमावर्ती क्षेत्रमा नक्कली (जाली) नोटको कारोवार गर्ने गिरोहका मुख्य सरगनालाई विहार एसटीएफको टोलीले पक्राउ गरेर ठूलो सफलता हासिल गरेका छन् ।
भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय नक्कली मुद्रा गिरोहका मुख्य सरगना दया तिवारी उर्फ सुशील तिवारीलाई पक्राउ गर्न सफल भएका हुन् ।
बिहार एसटीएफ, आर्मी इंटेलिजेंस तथा हरैया थाना प्रहरीको संयुक्त टोलीको विशेष अपरेशन नक्कली नोटको अन्तर्राष्ट्रिय स्तरमा कारोवार गर्ने गिरोहका मुख्य सरगना तिवारीलाई पक्राउ गरिएको जनाइएको छ ।
बिहार प्रहरी मुख्यालयको विशेष कार्य बल (एसटीएफ) द्वारा जारी प्रेस विज्ञप्ति अनुसार लखनऊ स्थित मिलिट्री इन्टेलिजेन्सबाट प्राप्त गोप्य सूचनाका आधारमा नेपालको सर्लाही जिल्ला संगै जोडिएका सीमाववर्ती क्षेत्र मेजरगंज थाना अन्तर्गत गाउँमा छापा मारेर उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दया भन्ने सुशील तिवारी महेन्द्र तिवारीका छोरा तथा सीतामढी जिल्ला शिवहर थाना क्षेत्र अन्तर्गत खैरवा गाउँ निवासी रहेको जनाइएको छ ।
प्रहरीका अनुसार उनीविरुद्ध हरैया थानामा काण्ड नम्बर २३–२६ अन्तर्गत विभिन्न आपराधिक धारामा मुद्दा दर्ता गरिएको छ ।
गत जनवरी ३१ मा हरैया थाना प्रहरीले नक्कली नेपाली तथा भारतीय नोट कारोबारको ठूलो खुलासा गर्दै एक नेपाली नागरिक सहित आठ जनालाई पक्राउ गरेको थियो ।
उक्त कारबाहीका क्रममा करिब २५ लाख रुपैया बराबरको नेपाली जाली मुद्रा, १८ हजार ५०० रुपैयाँ भारतीय जाली नोट, मोबाइल फोन, पासपोर्ट, मोटरसाइकल, कार, नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य उपकरण बरामद गरिएको थियो । सोही प्रकरणमा तिवारीलाई गिरोहको मुख्य सरगना मानिएको थियो । घटनापछि उनी फरार रहँदै आएका थिए ।
अनुसन्धान एजेन्सीका अनुसार आरोपीको सञ्जाल भारत, नेपाल र बंगलादेश सम्म फैलिएको छ । उनी लामो समयदेखि जाली नोट छपाइ, आपूर्ति तथा ठगी कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आर्मी इन्टेलिजेन्स र बिहार एसटीएफले उनको गतिविधि माथि लामो समयदेखि निगरानी गर्दै आएको थियो ।
प्राविधिक निगरानी तथा गोप्य सूचनाको आधारमा अन्ततः उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ । प्रारम्भिक सोधपुछका क्रममा आरोपीले जाली मुद्रा नेटवर्कसँग सम्बन्धित महत्वपूर्ण जानकारी दिएको र त्यसका आधारमा गिरोहका अन्य सदस्य तथा नेटवर्कका थप व्यक्तिहरु माथि अनुसन्धान भइरहेको अधिकारीहरूले जनाए ।
एसटीएफद्वारा जारी प्रेस नोटअनुसार पक्राउ परेका तिवारीको साथबाट ४ हजार ५० रुपैयाँ नगद र एक मोबाइल फोन समेत बरामद गरिएको छ । हाल उनीमाथि थप अनुसन्धान तथा गहन सोधपुछ जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन