कराँची, १० जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आइतबार यात्रुवाहक शटल ट्रेनलाई लक्षित गरी गराइएको शक्तिशाली विस्फोटमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार शटल ट्रेन क्वेटा क्यान्टोनमेन्टबाट रेलवे स्टेशनतर्फ गइरहेको बेला चमन फाटक नजिकै विस्फोट गराइएपछि उक्त दुर्घटना भएका हुन् ।
विस्फोट यति शक्तिशाली थियो कि ट्रेनको इन्जिन सहित तीनवटा बोगीमा ठूलो क्षति भएको सुरक्षा अधिकारीहरुले जनाएको छ ।
हनिफ अब्बासीले घटनाको पुष्टि गर्दै ट्रेनमा ठूलो संख्यामा यात्रु सवार रहेको जानकारी दिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केहीको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
घटनापछि सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर उद्धार तथा अनुसन्धान कार्य तीव्र पारेको छ । विस्फोटको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन