सर्लाही, १० जेठ । रौतहट–सर्लाहीको सीमास्थित बागमती नदीमा नुहाउने तथा नदी तर्ने क्रममा बेपत्ता भएका दुई युवक मृत अवस्थामा शव आईतवार फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, हिजो शनिवार साँझ पाँच जना साथीहरू रौतहट र सिन्धुलीको सीमामा पर्ने झपसी झुलुङ्गे पुल क्षेत्र घुम्न गएका थिए । सोही क्रममा बागमती नदी तर्ने प्रयास गर्दा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतो नदीमा डुबेर बेपत्ता भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिवन र प्रहरी चौकी कर्मैयाबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरी खोजतलास सुरु गरिएको सर्लाही प्रहरीले जनाए ।
खोजी गर्ने क्रममा आईतवार बिहान करिब १०ः१५ बजेको समयमा रोहित महतोको शव बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ४०–५० मिटर उत्तर नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाए ।
आजै दिउँसो करिब १ः३० बजेको समयमा गणेश महतोको शव पनि बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ नदीको ड्याम साइड क्षेत्रमा फेला परेको सर्लाही प्रहरीले जनाए ।
फेला परेका दुवै युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आफन्तलाई पोष्टमार्टम पछि अन्तिम संस्कारको लागि शव जिम्मा लगाउने बताए ।
हिजो ति युवक संगै गएका बरहथवा नगरपालिका–५ निवासी सहमद मोमिन, मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ निवासी श्याम भण्डारी भने सकुशल रहेको बताउदै डिएसपी राईले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन