काठको कोरो प्रहार गरेर रौतहटमा एक व्यक्तिको हत्या

   १० मंसिर २०७७, बुधबार १५:२१  

रौतहट, १० मंसिर । रौतहटको गरुडा नगरपालिकाको भिमडावर गाउँमा जग्गा विवादमा काठको कोरो प्रहार गरेर एक ५० बर्षिय व्यक्तिको बुधवार विहान हत्या गरिएको छ ।
गरुडा नगरपालिका वडा नम्वर ७ भिमडावर गाउँमा ५० बर्षिय फतिंगा ठाकुरलाई छिमेकी ५५ बर्षिय ज्ञानी ठाकुर, ४५ बर्षिय ध्यानी ठाकुर र ३५ बर्षिय नागेन्द्र ठाकुरले काठको कोरोबाट टाउकोमा प्रहार गरेर हत्या गरेको हो ।
फतिंगाको जग्गालाई तिनै दाजुभाईले आफनो जग्गा हो भनेर धेरै पहिला देखि विवाद गर्दै आएका थिए सोही क्रममा आज विहान १० बजेको समयमा विवाद उग्र रुप लिदा दुवै पक्ष विच हात हालाहाल भई काठको कोरोबाट प्रहार गर्दा फतिंगा गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएका छन् ।
गरुडा स्थित सिटि अस्पतालमा उपचारको क्रममा फतिंगाको ज्यान गएको जानकारी दिदै इप्रका गरुडाका डिएसपी रवी रावलले मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको बताए । घटनामा संलग्न रहेका तिन दाजुभई मध्ये ध्यानी ठाकुर गाउँमै लुकी छिपी उपचार गराईरहेको अवस्थामा निजलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ भने फरार रहेका दुवै जनाको व्यापक खोजी कार्य भईरहेको डिएसपी रावलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै