रौतहट, १२ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले युरोपेली संघ (ईयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग उच्चस्तरीय सामूहिक छलफल गरेको छ ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा विचार आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
छलफलका क्रममा नेपाल र ईयू सदस्य राष्ट्रबीचको कूटनीतिक सम्बन्ध, विकास सहकार्य, आर्थिक साझेदारी तथा आगामी सहकार्यका सम्भावना बारे समेत कुराकानी भएको बताइएको छ ।
यस अघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेको थियो । सरकार प्रमुख बनेपछि शाहले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणलाई प्राथमिकतामा राख्दै निरन्तर कूटनीतिक भेटघाटलाई तीव्रता दिइराख्नु भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन