चिन प्रायोजित कार्यक्रमलाई स्थानीय बासीद्धारा विरोध प्रदर्शन

   २० पुष २०७८, मंगलवार १३:५८  

झापा, २० पुस । झापाको दमकमा चिनियाँ लगानीको पारदर्शी गर्न माग गर्दै लिम्बुवान फोरमद्धारा मंगलवार विरोध प्रदर्शन गरिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र झापा संसदीय क्षेत्र नम्वर ५ मा रहेको चिनियाँ लगानीको आयोजनालाई पारदर्शी बनाउन तथा अधिग्रहण गरिउको जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमको भातृ संगठन संघिय लिम्बुवान फोरमले दमकमा विरोध प्रदर्शन गरेको हो ।
उक्त प्रदर्शनमा आदिवासी जनजाति र समाजका अन्य सीमान्तकृत वर्गका झण्डै ५ हजार आन्दोलनकारीहरुको प्रत्यक्ष रुपमा उक्त आयोजनाबाट प्रभावित भएको बताइएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय फोरमका अध्यक्ष कुमार लिङ्देनले दमक सफा औद्योगिक पार्क क्षेत्रमा वर्षौं देखि सरकारी जग्गामा बसोबास गर्दै आएका १५० घरधुरीले विरोध प्रदर्शन गरेको बताए ।
सरकारले मुआब्जा दिएको छैन । “प्रस्तावित औद्योगिक पार्कले हजारौंको रोजगारी सृजना गर्ने सरकारको भनाइ भएपनि, हजारौं स्थानीयले आफ्नो जग्गा र स्रोतसाधनलाई बेवास्ता गरेर आसाम वा अन्य भागमा बसाइँ सर्नुप¥यो भने त्यसको के उपयोग ? भारतमा दैनिक ज्यालादारी काम गर्नेहरुको अविगत के होला लिङ्गडेनले आश्चर्य व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै