सिन्धुली, १३ जेठ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षमा थुनुवा मृत्यु प्रकरणको घटनामा एसपी देखि लिएर प्रहरी जवान सम्म १० जना माथि कारवाही गर्न सिफारिस गरिएको छ ।
इप्रका खुर्कोट हिरासत कक्षमा सुनकोशी गाउँपालिका–३ जुम्ली डाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटना सम्बन्धमा छानबिन गर्न गठित प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको टोलीले दोषी देखिएका प्रहरी माथि विभागीय कारबाहीको लागि सिफारिस गरेको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार समितिले एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत दिने तथा एक जनाको ग्रेड घटुवा गर्न सिफारिस गरेको छ ।
समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन जस्तो संवेदनशील विषयमा नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षण प्रभावकारी बनाउन निर्देशनात्मक सुझाव समेत दिए । मुद्दा चलाउने निकायमा आवश्यक जनशक्ति व्यवस्थापन, सूचना समन्वय र घटना व्यवस्थापनलाई थप सुदृढ बनाउनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै प्रत्येक प्रहरी इकाईमा आवधिक निरीक्षण, हिरासत अवस्थाको नियमित मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना लागु गर्न छानविन समितिले जोड दिए । हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न, हिरासत व्यवस्थापन कार्य निर्देशन–२०८१ पूर्ण रूपमा कार्यान्वयन गर्न तथा ड्युटीका समयमा प्रहरी कर्मचारी अन्य कार्यमा संलग्न नहुने गरी नियमित निगरानी सुनिश्चित गर्न पनि समितिले सुझाव दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन