डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंग्लोरले शानदार प्रदर्शन गर्दै इण्डियन प्रिमियर लिग २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटनलाई ९२ रनले पराजित गर्दै आरसिबी लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो ।
हिमाचलको धर्मशालामा सम्पन्न भएको खेलमा २५५ रनको विशाल लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा सबै विकेट गुमाई १६२ रनमा समेटियो । गुजरातका लागि राहुल तेवतियाले संघर्षपूर्ण ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । आरसिबीका बलर ज्याकोब डफीले घातक बलिङ गर्दै ३ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले ५ विकेट गुमाएर २५४ रनको विशाल स्कोर खडा गरेको थियो । कप्तान रजत पाटिदारले आक्रामक ब्याटिङ गर्दै ३३ बलमै ९३ रनको विस्फोटक इनिङ खेले । उनले ५ चौका र ९ छक्का प्रहार गर्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरेका थिए ।
विराट कोहली र कुनाल पाण्डयाले समान ४३–४३ रनको योगदान दिए । रजत र कुनालबीच चौथो विकेटका लागि भएको ९५ रनको आक्रामक साझेदारीको कारण आरसिबी विशाल स्कोर सम्म पुगे ।
गत वर्ष पहिलो पटक उपाधि जितेको आरसिबी अब लगातार दोस्रो पटक ट्रफी उचाल्ने लक्ष्य सहित फाइनलमा उत्रिनेछ । अब बुधबार हुने एलिमिनेटरमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेलको विजेताले क्वालिफायर–२ मा गुजरातसँग खेल्नेछ र त्यसको विजेताले फाइनलमा आरसिबीको सामना गर्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन