रौतहट, १३ जेठ । श्रीलंकाले नेपाल सहित ४० देशका नागरिकलाई ३० दिन अवधिको निःशुल्क पर्यटक भिसा दिने नयाँ व्यवस्था लागु गरेको छ ।
श्रीलंकाको अध्यागमन प्रणालीले जारी गरेको सूचना अनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो ।
काठमाडौं स्थित श्रीलंकाली दूतावासका अनुसार अब नेपाली नागरिकहरु भ्रमणका लागि श्रीलंका जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन । तर, यात्रा अघि अनलाइन मार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) अनिवार्य रूपमा प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दूतावासले भिसा निःशुल्क भए पनि ईटीए स्वीकृति बिना प्रवेश गर्न नपाइने स्पष्ट पारेको छ । नयाँ व्यवस्था अनुसार पर्यटकले पहिलो पटक प्रवेश गरेको मितिदेखि ३० दिनभित्र दुई पटक सम्म श्रीलंका प्रवेश गर्न सक्नेछन् ।
साधारण, कूटनीतिक तथा सरकारी राहदानी बोक्ने सबै नागरिक यो सुविधाका लागि योग्य हुने जनाइएको छ । ३० दिन भन्दा बढी बस्न चाहने पर्यटकले भने तोकिएको शुल्क तिरेर भिसाको म्याद थप गर्न सक्नेछन् ।
मे २५ भन्दा अगाडि ईटीए शुल्क बुझाइसकेका आवेदकहरूको रकम भने फिर्ता नहुने दूतावासले जनाए । नेपालसँगै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, चीन, मलेसिया लगायत देशका नागरिक पनि यो विशेष सुविधामा समावेश भएका छन् । माल्दिभ्सका नागरिकले भने पारस्परिक सम्झौता अनुसार ९० दिनसम्म निःशुल्क पर्यटक भिसा पाउने व्यवस्था कायम रहनेछ ।
दूतावासका अनुसार, अनलाइन आवेदन बाहेक काठमाडौं स्थित श्रीलंकाली दूतावासमै सम्पर्क गरेर पनि यो सुविधा लिन सकिनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन