भिम रावलको साचे तल्लो स्तरको, आरजु भाजपा नेतालाई भेट्न नपाउने

   २० पुष २०७८, मंगलवार १४:३१  

प्रभातकुमार झा
नेपालमा पछिल्ला समयमा उम्रिदै गइरहेको उग्र राष्ट्रवादबाट मुलुकलाई कहाँ सम्म पुर्याउने हो कल्पना गर्न गाहे हुने छ । नेपाल सार्वभौम सम्पन्न गणतन्त्र देशको सुचिमा समृद्धिको बाटोमा अगाडी बढिरहेको परिवेशबाट पछाडी धकेल्न केही अदृष्य शक्तिको चंगुलमा फसेर उग्र राष्ट्रबादको नारा घन्काउनमा केही नेताहरु व्यस्त रहेको पाइएका छन् ।
त्यस्ता अभिव्यक्ति लगाउने नेता वा अगुवाहरु एमालेको ठूलो नेता भनाउने भीम रावल कसलाई खुशी पार्नमा लागेको छ त्यो कुरा उनलाई नै थाहा छ तर त्यस्ता अभिव्यक्तिबाट देशलाई ठूलो क्षति वेहोर्नु पर्छ कि टिप्पणीकारहरु बताउँछन् ।
पीएचडी अध्ययन गरेका भएपनि उनको सोंच÷बौद्धिक कति सानो छ भने जे कुरामा पनि हचुवाको भरमा टिप्पणी गर्ने गर्छन् । संकिर्ण सोंच प्रस्तुत गर्ने गरिएको पाइन्छ । एमसीसीमा अमेरिकी सरकारले नै विशुद्ध अनुदान सहायता भनेर पटक पटक प्रष्ट पर्दा उनी भने सेना आउँछ भनेर कल्पना गरेर राष्ट्रघाती प्रमाणित गर्न कुतर्क गरेर बल लगाइरहेका छन् ।
यहाँ सम्मकी चर्को राष्ट्रवादी बन्ने होडमा रावलले यति सम्म संकिर्ण सोंच प्रदर्शन गरे कि नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवा भारत भ्रमणमा जाँदा समेत आपत्ति जनाउन थाले । राजनीतिक भेटवार्ता गर्दा विरोधका लागि मात्र विरोध गर्न थाले । निश्चय नै नेपाल र भारत बीच सदियो देखि काम रहेको रोटी बेटी र राजनीतिक सम्बन्ध छ ।
राजनीतिक सम्बन्धलाई ट्रयाकमा ल्याएर दुबै देशको हितमा काम गर्नुपर्ने छ । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु ११ पुसमा मुटुको समस्याबाट पीडित भाइ भुषण राणाको उपचारका लागि नयाँदिल्ली गएकी हुन् । उनका भाइको उपचार दिल्ली स्थित फोर्टिज अस्पतालमा मुटुको शल्यक्रिया भएको छ ।


शल्यक्रिया सम्पन्न भएपछि भाजपा नेताको आमन्त्रणमा आरजुले शिष्टाचार भेट गरिन । त्यसो त भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आरजुका भाइ पनि हुन् । आरजुले राखी बाधेर चौथाइवालेलाई भाइ बनाएकी थिइन् ।
दुई देशबीचको रोटी बेटी सम्बन्ध भएको अवस्थामा दिदी र भाइ भेट्न नपाउने भन्ने हुँदैन । शिष्टाचार राजनीतिक भेट सामान्य कुटनीतिक आचारण भित्र पर्दछ । त्यसमाथि दुई देशबीच छुट्टै राजनीतिक सम्बन्ध भएकाले यो भेटलाई सामान्य रुपमा नै लिन सकिन्छ ।
त्यसमाथि आरजु प्रधानमन्त्री पत्नी मात्रै होइनन्, उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । अर्थात पार्टी नेतृ पनि हुन् । यो कुरालाई भीम रावलले स्वीकार गर्न सकेको देखिँदैन । महिला अगाडि बढेको देख्न नसक्ने तल्लो सोंच भएका रावललाई आरजुले राजनीतिक भेट गर्दा स्वीकार्य भएन । अनि कुतर्क गरेर भए पनि आलोचनामा उत्रिए ।
रावलले आफूलाई पीएचडीधारी डाक्टर विद्धान भन्छन् । सर्टिफिकेट पनि छ । तर उनको विद्धतामा भने दरिद्रता छ भन्ने उनले लेखेका शब्दले देखाउँछ । कतिसम्म भने उनले नेपालको परराष्ट्र मामिलालाई श्रीमान् र श्रीमती मामिला भनेका छन् । जुन एकदमै आपत्तिजनक छ । यो सारा नेपालीकै बेइज्जत गर्ने खालको शब्द हो । एउटा शिष्टाचार दिदी भाइ तथा राजनीतिक भेटघाटलाई रावलले श्रीमान÷श्रीमती मामिला भनेर सिंगो परराष्ट्र नीतिकै खिल्ली उडाएका छन् । विगतमा अमेरिकाका लागि जासुसी गरेको सार्वजनिक प्रमाणमा देखिएका रावलले अहिले राजनीतिक भेटवार्ताको पनि आलोचना गर्नु भनेको यो उग्र राष्ट्रवादको नमुनाबाहेक अरु केही हुन सक्दैनन् ।
राजनीतिक फण्डा गर्न अरु केही इस्यु हात नपरेपछि रावल एमसीसीपछि आरजु भेटवार्ताको विरोधमा उत्रिएका छन् । उनीजस्तो हाइट भएको नेताको यो सकिर्ण सोंच आफैंमा लाजमर्दो अवस्था हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै