सर्लाही, १३ जेठ । नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पताल तथा सर्लाहीका विभिन्न आँखा उपचार केन्द्रहरूले विद्यालयस्तर देखि समुदायसम्म लक्षित गर्दै आँखा स्वास्थ्य परिक्षण महाअभियानलाई तीव्रता दिएका छन् ।
आँखा उपचार केन्द्र बरहथवाले मंगलवार देखि विद्यालय उमेर समूहका बालबालिकालाई लक्षित गरी निरन्तर आँखा जाँच तथा उपचार सेवा सञ्चालन गर्दै आएका हुन् ।
केन्द्रका अनुसार बालबालिकामा बढ्दो दृष्टिदोष समस्या पहिचान तथा समयमै उपचार उपलब्ध गराउने उद्देश्यले अभियानलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी, रुइत फाउण्डेशनको सहयोगमा आँखा उपचार केन्द्र हरिवन मा आँखा जाँच तथा शल्यक्रिया सहितको विशेष शिविर आजदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिनमै ८५६ जनालाई परामर्श सहित उपचार सेवा प्रदान गरिएको आयोजकले जनाए ।
परीक्षणका क्रममा १३६ जना बिरामीको आँखामा मोतियाबिन्दु फेला परेपछि शल्यक्रियाको लागि छनोट गरिएको छ । छनोट भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया सेवा भोलिदेखि आगामी शनिबार सम्म सञ्चालन हुने छ ।
आयोजकका अनुसार सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन