रौतहट, १४ जेठ । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरमा पार्किङ गरेर राखिएको ट्रेक्टरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।
बिहीबार बिहान करिब ३ बजेतिर स्थानीय बालाशंकर महतोको नाममा रहेको ना ६ त ९१८६ नम्बरको इन्डोफर्म कम्पनीको ट्रेक्टरमा आगलागि भएको खवर प्रहरीलाई प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुगेका थिए ।
ट्रेक्टर महतोले गोठघर अगाडि पार्किङ अवस्थामा रहेको बेला अचानक आगो लागेको थियो । स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगाइएको प्रहरीले बताए ।
घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीले आगलागी भएको करिब १० मिनेटमै आगो नियन्त्रणमा आएको बताए । आगलागीबाट ट्रेक्टरको स्टेरिङ, मिटर बक्स, सिट, ट्यांकी तथा छाउनी पूर्ण रूपमा जलेर नष्ट भएको बताए । उक्त क्षतिबाट करिब १ लाख बराबरको हानी नोक्सानी भएको उनले भने ।
घटनामा कुनै मानवीय तथा पशुचौपाया क्षति नभएको प्रहरीले जनाए । आगजनीको कारण अझै खुल्न नसकेको र संलग्न व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन