रौतहट, १४ जेठ । रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल बजारमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने प्रयास गर्दै गरेका दुई युवकलाई रौतहट प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
मंगलबार राति करिब १० बजेको समयमा रामप्रवेश कुश्वाहाको होटल अगाडि पार्किङ गरी राखिएको बीआर ०५ बीएन ७५८० नम्बरको हिरो मोटरसाइकलको हैण्डल लक तोडेर चोरी गर्ने क्रममा गस्तीमा रहेका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बौधीमाई नगरपालिका–४ का २२ वर्षीय राकेश यादव र मौलापुर नगरपालिका–४ गहमरियाका २८ वर्षीय रौनिश यादवलाई मोटरसाइकल चोरी गरिरहेको अवस्थामा पक्राउ गर्न सफल भएका छन् ।
परोहा नगरपालिका–७ खापर टोल निवासी उमेश महतोका छोरा २४ वर्षीय संजय प्रसाद कुश्वाहाको मोटरसाइकल चोरी गर्ने क्रममा प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेका हुन् ।
प्रहरीले चोरीमा प्रयोग गरिएको मोटरसाइकल सहित अन्य अर्को मोटरसाइकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासत कक्षमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन