अत्याधिक चिसोको कारण रौतहटको ५ वटा
स्थानीय तहद्धारा मातहतका सामुदायिक विद्यालय एक साताको लागि बन्द

   २० पुष २०७८, मंगलवार १४:५७  


रौतहट, २० पुस । पश्चिमा हावाको चाप संगै बढिको अत्याधिक चिसो एवं शीतलहरबाट सामान्य जनजिवन प्रभावित हुन थालेपछि रौतहटको पाँच वटा स्थानीय तहले आउदो एक साता सम्मको लागि विद्यालय बन्द गरेको छ ।
गत साता परेको बर्षाको कारण अकस्मात चिसो बढेपछि कक्षा कोठामा बसेर अध्ययन अध्यापन गर्ने वातावरण नहुँदा वालबालिकाहरुको भविष्यलाई मध्यनजर राख्दै बर्षे विदाबाट कट्टा हुने गरी आज देखि एक साता सम्मको लागि पाँच वटा स्थानीय तहले मातहतका सामुदायिक विद्यालय बन्द गरेको हो ।
कटहरिया, इशनाथ, बौधिमाई, राजपुर र वृन्दावन नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालय एक साताको लागि बन्द गरेको जनाएका छन् । घाम नलाग्ने, दिनभरी पश्चिमा वायुको चापबाट अत्याधिक चिसो बढेको जसबाट मुटु र जिउ थुरथुर काम्न थालेको अवस्था छ अर्को तर्फ कक्षा कोठा चिसिएर बस्ने सक्ने वातावरण नभएको हुँदा आउदो एक साताको लागि विद्यालय बन्द गर्नुपरेको वृन्दावन नपाको प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकार दिए ।
जोडोको कारण विद्यार्थीहरुको संख्यामा निकै कमी आएको र यस्तै अवस्था रहयो भने आवश्यक्ता हेरेर विद्यालयहरु केही दिनको लागि स्थानीय तह संग समन्वय गरी बन्द गर्न सुझाव शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय सिंहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै