सर्लाही, १४ वैशाख । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित गौर आँखा अस्पताल द्वारा सञ्चालन गरिएको बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया महाअभियान अन्तर्गत सर्लाहीको हरिवनमा पहिलो दिन ३७ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ ।
महाअभियान अन्तर्गत नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र हरिवनमा मोतियाबिन्दु तथा अन्य आँखा सम्बन्धी समस्याका लागि छनोट भएका १३६ जना बिरामी मध्ये आज विहिवार पहिलो दिन ३७ जनाको सफल शल्यक्रिया गरिएको गौर आँखा अस्पताल पुरेनवाले जनाएको हो ।
शल्यक्रिया गर्ने प्राविधिक टोलीमा गौर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर तथा नेत्ररोग विशेषज्ञ डा. प्रज्जवल बस्नेतको नेतृत्व रहेको थियो । टोलीमा शल्यक्रिया इकाईका इन्चार्ज निलम पटेल, गोमा न्यौपाने, अजय साह, हरिनारायण साह, जोगनारायण यादव, गौरीशंकर राउत, कृष्ण राउत, अनिल राउत, राजु यादव, किशोर, लक्ष्मण रायमाझी तथा दिलिप साह सहित २० जना प्राविधिकको सहभागिता रहेको थियो ।
अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेका अनुसार बाँकी बिरामीहरूको शल्यक्रिया भोली र पर्सी गरिने छ ।
उक्त कार्यक्रम हरिवन नगरपालिका र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र हरिवनको संयुक्त आयोजना तथा रुइत फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको पाण्डेले भने । स्थानीय आयोजक हरिवन नगरपालिकाको नगरप्रमुख कमल बुढाथोकीको विशेष सहकार्यमा शिविर आयोजना गरिएको छ ।
नेपाल सरकार तथा विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालन हुँदै आएका यस्ता सेवामूलक स्वास्थ्य कार्यक्रमहरू गाउँ–गाउँसम्म पुग्दा उपचारको पहुँच भन्दा बाहिर रहेका नागरिकहरुले आफ्नै ठाउँमा सहज सेवा पाउन थालेका छन् । अभियान मार्फत पुनः दृष्टि प्राप्त गरेपछि स्थानीयवासी खुशी व्यक्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन