‘ढिलासुस्ती र बेथिति नै गणतन्त्रका सबैभन्दा ठूला शत्रु’ — राष्ट्रपति पौडेल

0 Shares

रौतहट, १५ जेठ । आज जेठ १५ गते अर्थात गणतन्त्र दिवसको विविध कार्यक्रमहरु गरेर देशभरी मनाइदैछन् ।
गणतन्त्र दिवसको अवसरमा संघिय राजधानी काठमाडौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवन स्तरसँग जोड्न शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार अपरिहार्य रहेको बताए ।
सैनिक मञ्च टुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिनुका साथै साझा राष्ट्र निर्माणको संकल्पका लागि अभिप्रेरित गरेको उल्लेख गरे ।
उनले गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व प्रदान गरेको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभाराका रूपमा लिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने स्पष्ट पार्दै शासकीय चरित्र, राजनीतिक दल र नेतृत्वको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको धारणा राखे ।
“हामीले हाम्रो शासकीय चरित्र बदल्नुपर्छ, राजनीतिक पार्टी र नेताको चरित्र बदल्नुपर्छ,” राष्ट्रपति पौडेलले भने, “गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न राजनीति, शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नु हुँदैन, उनले भने ।”
उनले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहित आर्थिक तथा सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । साथै राजनीतिक दल, सरकार र नेतृत्व सृजनशील, विनयशील, जन उत्तरदायी तथा आचरणशील हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले राज्यका संरचना र अंगहरूलाई परिणाममुखी र गतिशील बनाउनुपर्ने उल्लेख गर्दै सुशासनको प्रत्याभूति दिनुपर्ने बताए । उनले अहिले देशको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको टिप्पणी गर्दै यिनै समस्याले लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकमा निराशा बढाउने खतरा रहेको चेतावनी दिए ।
“जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म रगत र पसिना सँग साटिएको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।