download audio transcript zoom how do i download zoom pro zoom download in laptop download/zoom.us zoom us join meeting id - zoom us join meeting id download zoom.us app

नेपाली सुन्नी समुदाय र दरगाहे आला विच भारतको बरैलीमा छलफल

   २० पुष २०७८, मंगलवार १६:३८  

रौतहट, २० पुस । नेपाली सुन्नी उल्मा, लेखक विद्यावन तथा मुफ्तीहरु विच भारतको बरली शहरमा भेटघाट कार्यक्रम भएको छ ।
भारतको बरैली शहरमा रहेको दरगाहे आला हजरतद्वारा आयोजना गरिएको भेटघाट कार्यक्रममा उल्मा सहित लेखक विद्वानहरुको उपस्तिथि रहेका थिए । दरगाह–ए आला हजरत वर्तमानमा सूफी बिचारधाराको प्रमुख केन्द्र रुपमा रहेको हो ।
सूफी बिचारधाराबाट जुडेको नेपाली सुन्नी मुस्लिमहरु बीच अझै निकटता बढाउन उल्माहरु बीच भेटघाट भएको दरगाहका प्रवक्ता नाशीर कुरैशीले बताए । नेपाली सुन्नी मुस्लिम समुदायले दरगाह–ए आला हजरतका सूफी हजरत मौलाना मुफ्ती मोहम्मद अहमद रजा खानलाई आफ्नो ठुलो धर्मगुरु मान्दै आएका छन् ।
दरगाह र नेपाली सुन्नी मुस्लिम समुदायबीच अझै निकट बनाउन नेपाली उल्मा र दरगाहका प्रतिनिधिहरु बीच भेटघाट गरिएको बताइएको छ । लामो समय देखी नेपाली सुन्नी मुस्लिमको दरगाहबाट आस्था रहेपनि बिगत २ वर्ष देखि दरगाहले नेपाली सुन्नी समुदायको स्थिति बारे जानकारी जुटाउने र सहयोग गर्ने क्रियाकलाप अगाडि बढाएको छ ।
यस अगाडि नेपालबाट लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उल्माहरुले भेटघाट गरेको थिए भने यसपटक प्रदेश नम्बर १ र २ का उल्मा विद्वान र लेखकहरु बरैली पुगेको कुरैशीले बताए । २ जनवरीमा दरगाह पुगेको उल्मा, लेखक, र विद्वानहरुको दलले नेपाली सुन्नी मुस्लिम समुदायको आर्थिक सामाजिक दीनी विकास गर्ने विषयमा छलफल गरेको बताइएको छ ।
उल्माहरुले बताए कि सूफी बिचारधाराले समाजमा बालश्रम, बालविवाह, लैङ्गकि हिंसा, मदिरा सेवन, छुवाछूत प्रथा लगायतको सामाजिक अपराध तथा विकृतिहरुलाई समाधान गर्न निकै ठूलो भुमिका खेल्छ । त्यस्तै नेपाली उल्मा मौलाना व मुफ्ती फुल मोहम्मदले बताए कि नेपाली सुन्नी मुस्लिम समुदायले शैक्षिक दीनी लगायतको विषयमा पाएको ज्ञान र फैज बरैलीको आला हजरतको देन हो । उनले बताए कि यस भेटघाटमा नेपाली सुन्नी मुस्लिम समुदाय र दरगाह बीच रहेको नातालाई बलियो बनाउने विषयमा छलफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै