रौतहट, १६ जेठ । एक नेपाली नागरिक जसले १०६५ दिनदेखि न्यायको खोजी गरिरहेको दाबी गर्दै भारतीय मिडिया तथा भारत सरकारसमक्ष आफ्नो आवाज सुनिदिन अपिल गरेका छन् ।
उनले भारतीय बीमा कम्पनीको संयुक्त लगानीमा सञ्चालित लाईफ इन्सोरेन्स कम्पनी नेपाल लिमिटेड विरुद्ध पटक–पटक उजुरी दर्ता गराए पनि सम्बन्धित निकायबाट अपेक्षित सुनुवाइ नभएपछि बाध्य भएर भारतीय मिडिया तथा भारतीय सरकार समक्ष अपिल गरेका हुन् ।
पीडितका रूपमा आफूलाई प्रस्तुत गरेका सत्येन्द्र पाण्डेले सम्पूर्ण प्रमाण सहित उजुरी दिँदा पनि पहुँच, पैसा, शक्तिको प्रभाव तथा कथित सेटिङका कारण सत्यलाई दबाउने प्रयास भइरहेको दाबी गरे । उनले नेपालका नियामक निकाय तथा सम्बन्धित सरकारी संयन्त्रले हालसम्म प्रभावकारी रूपमा हस्तक्षेप नगरेको महसुस भएको छ ।
पाण्डेले प्रश्न उठाएका छन्, “यदि प्रमाण हुँदाहुँदै पनि न्याय प्राप्त हुन सक्दैन भने कानुनी शासन र न्याय प्रणालीप्रति नागरिकको विश्वास कसरी कायम रहन्छ ?”
उनले केही सञ्चारमाध्यमहरू पनि संवेदनशील विषयमा खुलेर बोल्न नसकेको आरोप लगाउँदै सर्वसाधारणका मुद्दा ओझेलमा पर्ने गरेको बताए । पाण्डे भन्छन्, आफ्नो अभियान व्यक्तिगत स्वार्थका लागि नभई न्याय र जवाफदेहिताको पक्षमा केन्द्रित छ । नेपाल भित्रका सबै प्रक्रियाबाट अपेक्षित परिणाम नआएको महसुस भएपछि अन्तर्राष्ट्रिय समुदाय र विदेशी सञ्चार माध्यम मार्फत आफ्नो आवाज उठाउन बाध्य भएको उनको भनाइ छ ।
उनले भारतीय मिडिया तथा भारत सरकारलाई नेपालमा बीमा क्षेत्रसँग सम्बन्धित आफूले उठाएका विषय, कथित अनियमितता तथा न्याय प्राप्तिमा देखिएको ढिलासुस्तीबारे ध्यान दिन आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन