जनमत पार्टीको गौरमा वृहद विरोध प्रदर्शन

   २० पुष २०७८, मंगलवार १६:५७  

तराई टप
रौतहट, २० पुस । किसानहरुको जायज मागलाई लिएर जनमत पार्टीले मंगलवार रौतहट सदरमुकाम गौरमा वृहद विरोध जुलुश प्रदर्शन गरेका छन् ।
जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिकको नेतृत्वमा सो पार्टीका महिला एवं पुरुषहरु विभिन्न नाराबाजी गर्दै गौर नगरमा परिक्रमा गरेर विपी चोकमा पुगेर कोर्ण सभामा परिणत भए ।
कोर्ण सभालाई सम्बोधन गर्दै केन्दीय सदस्य मल्लिकले वर्तमान सरकार किसानहरुको जायत मागलाई बेवास्ता गरेको आरोप लगाए । किसानहरुलाई सर्वसुलभ ढंगबाट पाउनुपर्ने विऊ विजन, मलखाद्य लगायतको सहज आपूर्ती गर्न असक्षम रहेको कारण अहिले अनाहकमा किसानहरु चर्को मूल्य तिरेर उक्त सामानहरुको जोहो गर्नु परेको बताए ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर यहाँ सबैभन्दा पिडित कृषकहरु नै रहेको हुँदा वर्तमान सरकार किसानहरु प्रति उदाशिन रहेको हुँदा किसानहरुको जायज मागलाई लिएर सडकमा जनमत पार्टीलाई उत्रिनु परेको उनले भने । जव सम्म माग पुरा हुँदैन तव सम्म आन्दोलनका कार्यक्रमहरु जारी रहने चेतावनी उनले दिए ।
फोटो क्याप्सन ः जनमत पार्टी रौतहटद्धारा मंगलवार गौरमा वृहद विरोध प्रदर्शन गर्दै ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै