भारतका नयाँ सीडीएसको पदभार सम्हाले जनरल एनएस राजा सुब्रमणि

0 Shares

नयाँ दिल्ली, १७ जेठ । भारतका वरिष्ठ सैन्य अधिकारी एनएस राजा सुब्रमणिले आइतबार देशको नयाँ चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) को रूपमा पदभार ग्रहण गरेका छन् ।
उनको मुख्य जिम्मेवारी महत्वाकांक्षी सैन्य ‘थिएटराइजेशन’ योजना कार्यान्वयन गर्दै तीनवटै सुरक्षा निकाय बीचको समन्वयलाई थप प्रभावकारी बनाउने रहने छन् ।
सीडीएस सुब्रमणिले अनिल चौहानको स्थान लिएका हुन् । जनरल चौहानले शनिबार आफ्नो कार्यकाल पूरा गर्दै भारतको सर्वोच्च सैन्य कमाण्डरको जिम्मेवारीबाट अवकाश लिएका थिए ।
पाकिस्तान र चीन सम्बन्धी रणनीतिक मामिलाका जानकारका रूपमा परिचित जनरल सुब्रमणि हाल सम्म राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) मा सैन्य सल्लाहकारको भूमिकामा कार्यरत थिए । उनी गत वर्ष उपसेना प्रमुखको पदबाट अवकाश भएका थिए ।
सीडीएसको रूपमा उनको पहिलो प्राथमिकता एकीकृत सैन्य कमाण्ड संरचना स्थापना गर्दै ‘थिएटराइजेशन’ मोडललाई व्यवहारमा उतार्नु हुने छ । यस योजनाले सेना, वायुसेना र नौ सेना बीचको संयुक्त सञ्चालन क्षमता तथा रणनीतिक समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
चार दशक भन्दा लामो सैन्य सेवामा जनरल सुब्रमणिले विभिन्न संवेदनशील सीमा क्षेत्र तथा चुनौतीपूर्ण भूगोलमा सेवा प्रदान गरिसकेका छन् । उनले कमाण्ड, स्टाफ तथा प्रशिक्षणसँग सम्बन्धित अनेकौं महत्वपूर्ण जिम्मेवारी सफलता पूर्वक निर्वाह गरेका छन् ।
सन् २०२४ जुलाई १ देखि २०२५ जुलाई ३१ सम्म उनले भारतीय सेनाको उपप्रमुखका रूपमा सेवा गरेका थिए । त्यसअघि सन् २०२३ मार्च देखि २०२४ जुनसम्म उनी केन्द्रीय कमाण्डका जनरल अफिसर कमान्डिङ–इन–चीफको जिम्मेवारीमा रहेका थिए । नयाँ सीडीएसको रूपमा उनको नियुक्तिलाई भारतको सैन्य संरचना आधुनिकीकरण र संयुक्त सैन्य क्षमताको विस्तार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।