श्रीनगर, १७ जेठ । भारतीय सेना र प्रहरीले जम्मू–कश्मीरको उरी सेक्टरमा कथित रूपमा सीमा पार गर्ने प्रयास गरिरहेका तीन जनालाई पक्राउ गर्दै सम्भावित बहिर्गमनको प्रयास विफल पारेका छन् ।
त्यस्तै, अर्को घटनामा पाकिस्तान अधिकृत कश्मीर (पीओके) बाट नियन्त्रण रेखा (एलओसी) पार गरेर भारतीय क्षेत्रमा प्रवेश गरेका एक व्यक्तिलाई पनि सेनाले हिरासतमा लिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार श्रीनगर स्थित चिनार कोप्र्सका अनुसार खुफिया सूचनाको आधारमा शनिबार बारामुल्ला जिल्लाको उरी क्षेत्रमा सेना र प्रहरीको संयुक्त अपरेशन सञ्चालन चलाइएको थियो ।
कारबाहीका क्रममा सोपोरका दुई व्यक्तिलाई उनीहरूलाई सीमा पार गराउन सहयोग गरिरहेका एक गाइड सहित पक्राउ गरिएको चिनार कोप्र्सले जनाए । सेनाले ती व्यक्तिहरू शत्रुतापूर्ण उद्देश्य सहित क्षेत्रबाट बाहिरिने प्रयासमा रहेको दाबी गरेको छ ।
चिनार कोप्र्सले सामाजिक सञ्जाल एक्स मार्फत जारी गरेको जानकारीमा पक्राउ परेका व्यक्तिहरू माथि थप अनुसन्धान भइरहेको जनाए ।
यसैबीच, अर्को घटनामा पीओकेबाट एलओसी पार गरी भारतीय क्षेत्रमा प्रवेश गरेका एक व्यक्तिलाई पनि सुरक्षा बलले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीहरूले बताए ।
हाल उरी र एलओसी आसपासका संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ भने सम्भावित घुसपैठ तथा सीमा पार गतिविधि माथि विशेष निगरानी राखिएको सुरक्षा स्रोतहरूले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन