प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति विरुद्ध आइतबार नेपालको राजनीति तरंगीत भएका छन् । नेपालले पनि भारतको भुमि कब्जा गरेको भनेपछि अहिले प्रधानमन्त्री शाह विरुद्ध राजनीति गर्नेहरुलाई ठूलो मुद्दा भेटाएको हुँदा अहिले चौतर्फी रुपमा विरोधका स्वर उठिरहेका हुन् ।
हुन पनि हो, आफनो देशको शिर कहिल्यै झुक्नु दिनु हुन्न तर कुन कारण एवं परिवेश बस प्रधानमन्त्री शाहलाई भन्नु पर्यो त्यसको जवाफ प्रधानमन्त्रीज्यू आफै दिनु हुनेछ भने अपेक्षा गरिएको छ ।
तर नेपाल भारत वीचको सम्बन्ध आजको होइन, दुबै देश बीच धार्मिक, साँस्कृतिक, बैवाहिक, बेटीरोटी सहित बहुयामिक सम्बन्धको कारण कुनै सीमा छै्रनन् तर पछिल्ला तीन दशक अघि देखि सीमा सम्बन्धी विवाद एवं मिच्ने कार्यहरु आउन थाले । जव यस्ता स्वरहरु उठ्न थालेपछि दुबै देश एक अर्का प्रति शंकाको दृष्टिले हेर्न बाध्य भए ।
कुनै समयमा नेपाल भारत सीमामा विना रोकटोक आवजजावत हुने गर्दथ्यो, तर मुलुकमा शासन व्यवस्था परिवर्तन संगै अनेक मुलुकहरुको वर्चस्व सुरु भए, कोही भारत, कोही चीन त कोही अमेरिका त कोही गल्फ त कोही युरोपिय युनियन हाम्रा नेताहरु समर्पित भई आफना जनताहरु प्रति उत्तरदायी नभई उनीहरु प्रति हुन थालेपछि सुन्दर, शान्त, प्रकृतिको महमोहक नेपाल अशान्त बन्दै विभिन्न राजनीतिक उतार चढावको सामना गर्दै यहाँ सम्म आईपुग्दा पनि उहि पुरानो रोगबाट थलिएका हाम्रा मानसिकता अहिले सम्म पछि छाड्न सकेको छैनन् ।
आज प्रधानमन्त्री शाहले नेपाली जनतालाई सोच्न विवाश बनाए नेपाली पनि कसैबाट कमजोर छैन, भारतले कब्जा गरेकोमा नेपाली पनि कब्जा गरे तर भारतले स्वीकार गरेनन प्रधानमन्त्री गर्वका साथ सदनमा स्वीकार गरेपछि अहिले नेपाल राजनीतिक क्षेत्र तरंगीत बनेका छन् अपेक्षा छ प्रधानमन्त्री शाहले चाँडै आएर यी सवैको जवाफ दिनु हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन