रौतहट, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज आइतबार भारत प्रस्थान गरेका छन् ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने आज भारत प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले प्रतिक्रिया लिन खोजे पनि लामिछानेले भारत भ्रमणबाट फर्किएपछि मात्र विस्तृत रूपमा बोल्ने बताए ।
भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वपा सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेको बताइएको छ ।
रास्वपा प्रवक्ता मनिष झा का अनुसार लामिछानेले जेठ १८ देखि २२ गते (जुन १–५) सम्म भारत भ्रमण गर्ने छन् । भ्रमणका क्रममा नयाँदिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
भ्रमण अवधिमा उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदायका प्रतिनिधि तथा पार्टीका शुभेच्छुकहरू सँग भेटघाट गर्नेछन् । साथै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको अयोध्याको भ्रमण पनि कार्यक्रममै समावेश रहेको रास्वपाले जनाए ।
रास्वपाका अनुसार भेटघाट, छलफल तथा भ्रमण व्यवस्थापनका लागि नयाँदिल्ली स्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । यो भ्रमणलाई नेपाल–भारत बीचको सम्बन्ध, राजनीतिक संवाद र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन