इशनाथमा भुजेल र दुर्गा भगवतीमा यादवको प्रमुख प्रशासकीय अधिृकतमा आगमन

   २० पुष २०७८, मंगलवार १७:२९  

तराई टप
रौतहट, २० पुस । रौतहटको दुई वटा पालिकामा प्रशासकीय अधिकृतहरु फेरिएका छन् ।
रौतहटको इशनाथ नगरपालिकामा शिक्षा शाखाको कर्मचारी नन्दकिशोर गुप्तालाई हटाएर उपसचिव खिमबहादुर भुजेलले मंगलवार पदभार ग्रहण गरेका हुन् । भुजेललाई पदभार ग्रहण इशनाथको मेयर सन्तोष मेहताले गराएको बताइएको छ ।
यसैगरी दुर्गा भगवती गाउँपालिकामा लामो समय देखि निमित्त प्रमुख प्रशासकीय अधिकृत फेर्ने क्रम जारी रहदा पुन ः दोश्रो पटक अधिकृत ओमप्रकाश यादवको सरुवा भएको छ । उनी अघि जगत साहलाई सुचना तथा संचार मन्त्रालयमा काज सरुवा गराएर परमानन्द पाठक आएपनि उनलाई हाजिर गराइएको थिएन । यादव शाखा अधिकृत रहेको हुँदा उनी फेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै