रौतहट, २१ पुस । भारतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि नयाँ दिल्लीमा साताको दुई दिन कफर््यु लगाइएको छ ।
नयाँ दिल्लीको उपमुख्य मन्त्री मनिष सिसोदियाले साताको शनिवार र आइतवार कफर््यु जागरी गरिएको हुँदा सर्वसधारणहरु त्यसै अनुरुप पालना गर्नुपर्ने बताएको हो । त्यस अघि दिल्लीमा रात्रीकालिन कफर््यु मात्रै जारी गरिएको थियो । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कारोनाबाट संक्रमित भएका छन् । उपमुख्यमन्त्री सिसोदियाले पत्रकार सम्मेलन गर्दै कोरोनाको संक्रमण तिव्र हुँदै जाँदा अति आवश्यक जरुरी काम भए मात्रै घरबाहिर निस्कन दिल्लीबासी संग आग्रह गरे ।
सरकारी वा गैर सरकारी कामकाज अनलाईन मार्फत घरमै बसेर गर्न सलाह दिदै निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरु घरबाटै काम गराईरहेको स्पष्ट पारे । भारतमा दिल्ली, महाराष्ट्रको मुम्बईमा लगाइएको कोरोना प्रोटोकल विच पनि कोरोना संक्रमण दर बढ्ने क्रम निरन्तर जारी रहेका छन् ।
विहारमा नयाँ प्रतिबन्ध
नेपाल संग सिमा जोडिएको भारतको विहार राज्य पनि कोरोनाको नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरीमा प्री स्कूल र कक्षा एक देखि कक्षा ८ सम्म अनलाइन मार्फत पढाइने छ । यसैगरी कक्षा ९ देखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाई हुने छ । सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्रै संचालन गर्न पाइने र विहेमा तोकिएको संख्या भन्दा बढि उस्थित हुन नपाईने प्रतिबन्ध जारी गरिएका छन् ।
लागु गरिएको नयाँ नियमहरु ६ जनवरी देखि लागू हुने र २१ जनवरी सम्म जारी रहने छ ।
एम्स अस्पतालको बिदा रद्द
संक्रमण दर बढेपछि दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल) ले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । सोमबार एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन भनेको छ ।
सूचनामा भनिएको छ, ‘कोभिड १९ र ओमिक्रोनको संक्रमण बढेकाले ५ देखि १० जनवरी सम्म दिइएको जाडो बिदा रद्द गर्ने निर्णय गरिएको छ ।’