रौतहट, २० जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिका–११ स्थित लालबकैया खोलाबाट अवैध रूपमा वालुवा, गिटी र ढुंगा उत्खनन गरी ओसारपसार गर्दै गरेका दुई वटा ट्रेक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो १२ः४५ बजेको समयमा मधेश प्रदेश ०३–००१ त ७२३७ र ना ३ त ६८०५ नम्बरका ट्रेक्टरमा अवैध रूपमा उत्खनन गरिएको ढुंगा लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी दुधिअवा तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएका दुवै ट्रेक्टरलाई आवश्यक कारबाहीका लागि फतुवा विजयपुर नगरपालिकाको कार्यालयमा बुझाएको थियो ।
नगरपालिकाले वातावरणीय तथा प्राकृतिक स्रोतको अवैध दोहन गरेको अभियोगमा दुवै ट्रेक्टरका धनीलाई प्रति ट्रेक्टर १० हजार रुपैयाँका दरले जम्मा २० हजार रुपैयाँ जरिवाना गरेको जनाए ।
प्राकृतिक स्रोत तथा नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीको निगरानीलाई थप कडाइ गरिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन