बुधवार देखि मौसममा असमान्य परिवर्तन सामान्य देखि आँशिक बदली हुने

   २१ पुष २०७८, बुधबार ०८:४२  

पश्चिमा बायुको चाप संगै मौसमा आएको असमान्य मौसम परिवर्तनबाट देशभरीका अधिकाँश स्थानमा सामान्य देखि आँशिक रुपमा बदलीर रहने भएको छ ।
बुधबार देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।
बिहीबार देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ ।
प्रदेश १ र २ का एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै