रौतहट, २० जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले मंगलबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा उपस्थित गराएको प्रहरीले जनाएको हो ।
पक्राउ परेका मध्ये अधिकांश चेक अनादर मुद्दाका प्रतिवादी रहेको छ भने मुद्रा सम्बन्धी कसुर, बैंकिङ कसुर तथा अन्य मुद्दाका फरार व्यक्तिहरू रहेको बताइएको छ ।
पक्राउ परेका १० जनाबाट अदालतले तोकेको २१ हजार ८ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । साथै विभिन्न मुद्दामा तोकिएको १ वर्ष ४ महिना २८ दिन कैद सजाय समेत कार्यान्वयन प्रक्रियामा ल्याइएको छ ।
फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा कानुनी शासन कायम गर्न यस्ता अभियान थप सशक्त रूपमा सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमको भनाइ छ ।
अदालतबाट सजाय वा जरिवाना तोकिएर फरार रहेका व्यक्तिहरूलाई स्वेच्छाले सम्पर्कमा आउन समेत प्रहरीले आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन