सर्लाहीमा सीमा वारीपारीको अबैध कार्यका लागि हाकिमको निर्देशनमा खटिएका तीन भेट्रानहरु ।
सर्लाही, २१ जेठ । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रमा पुनः तस्करी गतिविधि बढेको भन्दै सशस्त्र र नेपाल प्रहरीका केही अधिकारीमाथि संरक्षण दिएको गम्भीर आरोप लागेको छ ।
केही दिन रोकिएको भनिएका तस्करी गतिविधि पुनः ‘सेटिङ’ मिलेसँगै सञ्चालनमा आएको स्थानीय स्रोतहरूले दाबी गरेको हो ।
तराई टपलाई प्राप्त जानकारी अनुसार सशस्त्र प्रहरी बल नम्बर १० गणसँग आबद्ध सखुअवा बेसमा कार्यरत वरिष्ठ हवलदार गंगाराम भट, त्यहीका सई र मनुसमारा बेस क्याम्पमा कार्यरत सहायक हवलदार सन्तोष खत्रीले विभिन्न तस्कर समूहलाई ‘लाइन’ उपलब्ध गराएको छ ।
स्रोतका अनुसार उक्त कार्य गणपति तथा एसपी अमरबहादुर खत्रीको निर्देशनमा भइरहेको दाबी गरिएको छ ।
स्रोतका अनुसार वरिष्ठ हवलदार भटले मलंगवा देखि पूर्वी क्षेत्र तथा सहायक हवलदार खत्रीले मलंगवा देखि पश्चिमी क्षेत्रको गतिविधि सम्हाल्दै आएका छन् । सग्रामपुर, सखुअवा, त्रिभुवननगर, खुटौना, नाहर चोक, गोरखकाली, भाडसर, बारा उधोरण तथा फेनारा–सिमरा लगायतका सीमावर्ती नाकाबाट राजस्व छली गरी विभिन्न सामान नेपाल भित्रर्याउने कार्य भइरहेको आरोप छ ।
त्यस्तै नेपालबाट फर्सी, खरबुजाको बीउ, चाइनिज स्याउ, चाइनिज लसुन, किसमिस, अखरोट लगायतका वस्तु भारततर्फ लैजाने गरिएको स्रोतले जनाए ।
सग्रामपुर बीओपी क्षेत्रबाट हिरण पर्चुन र चप्पल, कैलास किराना तथा पहाडी किराना सामान, सखुअवा विओपी क्षेत्रबाट कृष्णा यादव, विजय, पुकार र सरोज कपडा, त्रिभुवननगर विओपी क्षेत्रबाट पवन हार्डवेयर, उर्मिला कपडा तथा हार्डवेयर, श्याम हार्डवेयर, राजा दास किराना तथा राहुलले पेट्रोलियम पदार्थको कारोबार गर्दै आएको दाबी गरिएको छ ।
यस्तै मलंगवा गुल्म क्षेत्रबाट जरिना किराना, सन्तोष कपडा, गोपी किराना, अख्तर नेपालबाट भारत तर्फ स्याउ, पर्वानि चौधरी कपडा, राजन चप्पल, सुबोध किराना, मिकरानी किराना, प्रकाश बुढा कपडा, विजय कपडा, जयकिशोर इलेक्ट्रिक सामान, सुनिल स्पेयर पाट्र्स, राजा, इर्फान तथा ललिता कपडाको कारोवार गर्न लाइन दिएको स्रोतको भनाइ छ ।
मलंगवाको पश्चिमी क्षेत्रबाट राजिव, हिरालाल, लखिन्दर, कृष्णा यादव, सरोज, विजय र पुकारले भारतबाट कपडा भित्रर्याउने गरेको तथा नविन चौधरीले कवाडीको सामानहरु भारततर्फ पठाउने गरेको स्रोतको दाबी छ ।
त्यस्तै सन्तोष भण्डारीले ड्राइ फुड्सका सामग्री भारततर्फ पठाउने तथा त्यहाँबाट कपडा लगायतका सामान नेपाल ल्याउने कार्यमा संलग्न रहेको छ । सशस्त्र प्रहरीको मलंगवा गुल्मपतिका घुमुवा सहायक हबलदार नवराज कार्कीले अहिले सर्लाहीको सबै कमाण्ड सम्हालेको श्रोतको दाबी छ ।
यसैगरी नेपाल प्रहरीका प्रहरी निरीक्षक विशाल बुढाथोकी र प्रहरीकै अर्का धर्मेन्द्र पटेल, मखन हजरा र राजेश यादव सहितका घुमुवाहरुले सबै लाइन मिलाएर सुचारु गराएको दाबी एक तस्करले नै तराई टप लाई जानकारी दिए ।
स्रोतहरूले राज्यको राजस्व प्रणालीलाई कमजोर बनाउने गरी सीमाक्षेत्रमा तस्करीलाई संरक्षण दिइएको तथा त्यसबाट असुली गर्ने कार्यमा सुरक्षाकर्मीको संलग्नता रहेको गम्भीर आरोप छ ।
यस विषयमा सशस्त्र प्रहरी बल नम्बर १० गण, गणपति एसपी अमरबहादुर खत्रीले बोर्डर नाकामा पूर्ण कडाई गरिएको दाबी गरे । आफू अहोरात्र खटेर सीमामा हुने अवाञ्छित गतिविधिलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिदै आएको बताए । माथिको आरोप सबै निराधार रहेको प्रतिक्रिया दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन