रहस्यमय अवस्थामा सडक छेउमा पुरुषको शव फेला, टाउकोमा गम्भीर चोट

0 Shares

तस्वीरः एआई ग्राफिक्स ।

ओमप्रकाश यादव
रौतहट, २५ जेठ । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेको छ ।
सोमवार बिहान करिब ६ बजेको समयमा स्थानीय शिवमंगल दासले सडक छेउमा एक व्यक्ति लडिरहेको देखेपछि तत्काल इलाका प्रहरी कार्यालय समनपुरलाई जानकारी गराए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुग्दा ति व्यक्तिको मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
फेला परेका शवको हालसम्म पहिचान खुल्न सकेको छैन । फेला परेका व्यक्तिको शव करिब ४० देखि ४५ वर्षको रहेको अनुमान प्रहरीले गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाए । घटनाको प्रकृति हेर्दा सवारी दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएको हुन सक्ने आशंका हुँदा विभिन्न कोणबाट प्रहरी अनुसन्धान अगाडि बढाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा प्रहरी टोली समेत घटनास्थल पुगेको थियो । टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गर्नुका साथै आवश्यक प्रमाण संकलन गरेको जनाए ।
मृतकको पहिचान खुलाउन तथा घटनाको वास्तविकता पत्ता लगाउन स्थानीय सँग सोधपुछ गर्नुका साथै आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए । मृतक व्यक्तिको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा शवको पहिचान गराउने कार्य भईरहेको समेत उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।