४ किलोग्राम गाँजा सहित यादव प्रहरी नियन्त्रणमा

   १० मंसिर २०७७, बुधबार १५:३७  

रौतहट, १० मंसिर । रौतहटको माधवनारायण नगरपालिकाको जयनगर दिपही सडक खण्डबाट ४ किलोग्राम गाँजा सहित एक जना व्यक्तिलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ ।
माधवनारायण नगरपालिकाको दिपही बस्ने बर्ष ५० का जोखु राय यादव साइकलमा सवार भई जयनगरबाट दिपही तर्फ जाँदै गरको अवस्थामा आज प्रहरीले चेकजाँच गर्दा उनले राखेको झोलामा प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
बरामद गरिएको गाँजाको तौल ४ किलो रहेको तथा निज यादवलाई प्रहरी हिरासतमा राखेर लागु औषध ओसारपसार ऐन अन्तर्गत कारवाही गरिने तयारी भईरहेको डिएसपी रबी रावलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै