रौतहट, २५ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफ्नो १२ औं साधारण सभा पर्यटकीय नगरी चितवनको सौराहामा भव्य रूपमा सम्पन्न गर्दै संगठनात्मक एकता, पत्रकारिता विकास र सम्मानको सकारात्मक सन्देश दिएको छ ।
जिल्ला शाखाको इतिहासमै पहिलो पटक अन्तरजिल्लामा आयोजना गरिएको साधारण सभा चितवनको सौराहा स्थित इडेन जंगल रिसोर्टमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो ।
गत शुक्रबार आयोजित साधारण सभामा रौतहटको पत्रकारिता क्षेत्रलाई थप सशक्त र मर्यादित बनाउन योगदान पुयार्उने उद्देश्यसहित दुई जना पत्रकारलाई विशेष सम्मान प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखालाई निरन्तर सहयोग गर्दै आएका नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी मोहन यादवको पहलमा स्थापित ‘स्वर्गीय गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ र ‘स्वर्गीय गौरीशंकर यादव फोटो पत्रकारिता पुरस्कार’ पहिलो पटक वितरण गरियो ।
पुरस्कार अन्तर्गत दुई दशक भन्दा बढी समयदेखि निरन्तर प्रकाशन हुँदै आएको तराई एक्सप्रेसका सञ्चालक पत्रकार अशोक पहाडीलाई ‘स्वर्गीय गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । त्यसैगरी फोटो पत्रकारिता मार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका तराई टप अनलाईनका सम्पादक एवं संस्थापक प्रभातकुमार झा ‘स्वर्गीय गौरीशंकर यादव फोटो पत्रकारिता पुरस्कार’ बाट सम्मानित भए ।
गौरीशंकर यादव फाउन्डेशनका अध्यक्ष मोहन यादवले दुवै पत्रकारलाई जनही ११ हजार रुपैयाँ नगद, दोसल्ला तथा सम्मानपत्र प्रदान गरेका थिए । पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको थालनी गरिएको फाउन्डेशनले जनाए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्कीको नेतृत्वमा पहिलो पटक सुरु गरिएको यस सम्मान कार्यक्रमले जिल्लाको पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, सक्रिय र बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
साधारण सभामा सहभागी पत्रकारहरूले महासंघको वार्षिक गतिविधि, पत्रकारिताका चुनौती, व्यावसायिक क्षमता अभिवृद्धि तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरेका थिए ।
यसैबीच, सौराहामा सफलतापूर्वक सम्पन्न भएको साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रमप्रति खुसी व्यक्त गर्दै तराई टप अनलाइन ले नेपाल पत्रकार महासंघ रौतहट शाखा तथा गौरीशंकर यादव फाउन्डेशनका अध्यक्ष मोहन यादवप्रति धन्यवाद ज्ञापन गरे ।
पत्रकारिताको मर्यादा, सम्मान र प्रोत्साहनलाई केन्द्रमा राखेर गरिएको यो पहलले रौतहटको सञ्चार क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन