रौतहट, २५ जेठ । शिक्षा, विज्ञान, कला तथा संस्कृतिका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ‘युनेस्को नेपाल’ द्वारा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता–२०२६ मा रौतहटका युवा प्रतिभा मोहसिन आलम उत्कृष्ट विजेता बन्न सफल भएका छन् ।
रौतहटको राजपुर नगरपालिका–१ निवासी आलमलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे वापत संस्थाको तर्फबाट विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएका हुन् ।
नगरकोट स्थित होटल केन्द्रीय प्लाजामा आयोजित भव्य पुरस्कार वितरण समारोहमा नेपाल सरकारका केन्द्रीय मन्त्रीहरू, पत्रकार, समाजसेवी, जनप्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा आलमलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताका विजेता आलमलाई नेपालकी चर्चित मोडल तथा ‘मिस नेपाल २०२६’ वर्षा लेखीले पुरस्कार हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा सहभागीहरू आलमको उपलब्धिले रौतहट जिल्लाको गौरव बढाएको भन्दै प्रशंसा गरेका थिए ।
आलम प्रसिद्ध साहित्यकार रहमत आलमका छोरा हुन् । हाल उनी चिकित्सा शिक्षा (एमबीबीएस) प्रवेश परीक्षाको तयारीमा जुटेका छन् । अध्ययनसँगै साहित्यिक क्षेत्रमा समेत सक्रिय आलमले यसअघि पनि सन् २०२१ मा आयोजित नेपाल निबन्ध प्रतियोगितामा तृतीय स्थान हासिल गर्दै पुरस्कार प्राप्त गरेका थिए ।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उत्कृष्ट पाँच भित्र स्थान बनाउन सफल भएपछि आलमलाई शुभेच्छुक, बुद्धिजीवी तथा स्थानीयवासीहरूले बधाई तथा शुभकामना व्यक्त गरे । उनको यो सफलताले रौतहटका युवापुस्तालाई अध्ययन र सिर्जनात्मक क्षेत्रमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन