सर्लाही, २६ जेठ । सर्लाहीमा सवारी दुर्घटना अनुसन्धानका क्रममा खटिएको प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेर कारवाही सुरु गरेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा विवादित नेता अशोक यादव सहितका अन्य फरार रहेकाहरुको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार सोमबार राति करिब ९ बजे कबिलासी नगरपालिका–८ अगर्वा स्थित नवलपुर–मलंगवा सडक खण्डमा पार्किङ गरी राखिएको ना.६ ख ७६२३ नम्बरको ट्रकलाई ज.१ त २५५० नम्बरको ट्रेक्टरले ठक्कर दिएका थिए ।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले ट्रेक्टर नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अवस्थामा ट्रेक्टर धनी यादव नेतृत्वको समूहले प्रहरी माथि एक्कासी हातपात गरेर ट्रेक्टर लिएर फरार भएको प्रहरीद्वारा जारी प्रेस वत्तव्यमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी वेदप्रसाद गौतमले प्रहरी माथि आक्रमण गरी ट्रेक्टर लिई फरार भएपछि घटनामा संलग्न कबिलासी–१० सलेमपुर निवासी १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांशु यादवलाई जिप्रका र इलाका प्रहरी कार्यालय हरिपुरको संयुक्त टोलीले पक्राउ गर्न सफल भए ।
पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी गौतमले बताए ।
घटनाका मुख्य आरोपी भनिएका यादव फरार रहेको जनाए । उनी सहित अन्य व्यक्तिहरुको खोजी कार्यलाई तिव्र पारिएको समेत डिएसपी गौतमले भने ।
यादव २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । गत बर्ष तत्कालिन एसपी योगेन्द्र बहादुर खड्कालाई फोनमै गाली गरेर चर्चामा आएका विवादित नेता यादव पुनः प्रहरी माथि हातपात गरेर फरा भए । उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन