महाअभियान इशनाथको औरैयामा, निःशुल्क आँखा परिक्षण शिविरमा ४६ जनाको आँखामा मोतियाबिन्दु फेला

0 Shares

रौतहट, २७ जेठ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालको “महाअभियान” बुधवार ईशनाथ नगरपालिकाको औरैयामा निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरिएको छ ।
औरैयाको पुरानो नगरपालिका भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरी विशेष निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।
समाजसेवी एवं माण्डवीको प्रमुख अञ्जु झाको विशेष पहलमा सञ्चालन गरिएको शिविरमा १७८ जना ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीहरूको विशेषज्ञ परामर्श सहित आँखा परीक्षण गरिएको गौर अस्पतालले जनाए । परीक्षणका क्रममा १३८ जनालाई आवश्यक औषधि वितरण गरियो ।
शिविरमा जाँच गरिएका बिरामी मध्ये ४६ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि लेन्स प्रत्यारोपण सहितको शल्यक्रियाका लागि छनोट गरिएको छ । उनीहरूको शल्यक्रिया भोलि देखि गौर आँखा अस्पतालमा निःशुल्क रूपमा गरिने अस्पतालले जानकारी दिए ।
यसैबीच, गौर–५ स्थित आई.बी.ए. स्कुलमा बालबालिकालाई लक्षित गरी आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । कार्यक्रम अन्तर्गत पहिलो दिन १२५ जना विद्यार्थीहरूको आँखा परीक्षण गर्दा १८ जनामा दृष्टिदोष (करिब १६ प्रतिशत) भेटिएको अस्पतालले जनाए ।
दृष्टिदोष देखिएका विद्यार्थीहरूलाई आगामी शनिबार गौर आँखा अस्पतालमा थप परीक्षण गरी निःशुल्क चस्मा वितरण गरिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयले जानकारी दिए ।
महाअभियानलाई सफल बनाउन गौर आँखा अस्पतालकी नेत्र अधिकृत बिनिता केशरीको नेतृत्वमा ११ सदस्यीय प्राविधिक टोली खटिएको थियो । टोलीको सक्रिय सहभागिताले कार्यक्रम प्रभावकारी तथा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक पाण्डेले भने ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारा सहित सञ्चालन भइरहेको महाअभियानले ग्रामीण क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय आँखा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको अस्पतालको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।