विद्यालय उमेरमै मोतियाबिन्दुको उच्च जोखिमः १४ वर्षीया बालिकामा मोतियाबिन्दु, ३७ विद्यार्थीलाई चस्मा

0 Shares

रौतहट, २८ जेठ । नेपाल नेत्रज्योति संघद्वारा संचालित गौर आँखा अस्पताल पुरेनवाको “महाअभियानको कारवा” आई.बी.ए. स्कुलमा अध्ययनरत छात्रछात्राको आँखा परिक्षण गरिएको छ ।
गौर नगरपालिका–५ स्थित आई.बी.ए. स्कुलमा सम्पन्न भएको विशेष आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रममा विद्यालय उमेरका बालबालिकामा आँखा सम्बन्धी चिन्ताजनक समस्या देखिएको हो ।
गौर अस्पतालका अनुसार ७८७ जना विद्यार्थीको आँखा परीक्षणका क्रममा एक १४ वर्षीया बालिकामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दु अन्धोपनको प्रमुख कारणमध्ये एक मानिन्छ । त्यसैगरी ३७ जना विद्यार्थीमा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) पहिचान भएको छ, जसका कारण उनीहरूलाई चस्मा आवश्यक पर्ने चिकित्सकहरूले बताए ।
चिकित्सकहरूका अनुसार समयमै उपचार तथा चस्माको प्रयोग नगरे बालबालिकालाई अध्ययन, दैनिक क्रियाकलाप तथा भविष्यमा समेत नकारात्मक असर पर्न सक्ने जोखिम रहन्छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई हरियो सागसब्जी तथा पहेलो फलफूलको सेवन बढाउन, मोबाइल फोन तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगलाई कम गर्न तथा नियमित आँखा परीक्षण गराउन सुझाव एवं सल्लाह दिए ।
आँखा परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका विद्यार्थीहरूलाई यही शनिबार गौर आँखा अस्पतालमा विशेषज्ञ चिकित्सकद्वारा थप परीक्षण गरी निःशुल्क चस्मा वितरण गरिने छ ।
विद्यालयस्तरीय आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रमको नेतृत्व गौर आँखा अस्पतालका प्राविधिक कर्मचारी अशोक पासवानले गरेका थिए । शिवशंकर राउत सहित तीन सदस्यीय टोलीले कार्यक्रमको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी निर्वाह गरेको जनाइएको छ ।

यसैबीच, समाजसेवी अञ्जु झा माण्डवीको विशेष पहलमा ईशनाथ नगरपालिका–औरैयामा सम्पन्न ज्येष्ठ नागरिक लक्षित निःशुल्क आँखा शिविरबाट छनोट भएका बिरामीहरू मध्ये २१ जनाको लेन्स प्रत्यारोपण सहितको सफल रुपमा मोतियाबिन्दु शल्यक्रिया भएको छ ।
गौर आँखा अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेयका अनुसार विभिन्न दातृ निकायहरूको सहयोगमा अस्पतालले लामो समयदेखि हजारौँ नागरिकलाई गुणस्तरीय आँखा सेवा प्रदान गर्दै आएको छ ।
यहि जेठ ३० गते शनिबार आरडीसी नेपालको पहलमा यमुनामाई गाउँपालिका–स्थित जनता माध्यमिक विद्यालय, सरुअठवामा निःशुल्क आँखा जाँच, उपचार तथा शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको आवतजावत व्यवस्था सहित वृहत् आँखा शिविर सञ्चालन गरिने कार्यक्रम संयोजक पाण्डेले बताए ।
“हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी—आँखा सेवामा सबैको साझेदारी” भन्ने मूल नारासहित सञ्चालन भइरहेको गौर आँखा अस्पतालको बृहत् महाअभियानले रौतहट सहित आसपासका जिल्लामा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै हजारौँ नागरिकको जीवनमा उज्यालो ल्याइरहेकोमा उनले खुशी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।