तस्वीर श्रोतः एआई को सहयोगमा ।
रौतहट, २८ जेठ । रौतहटको गढीमाई नगरपालिका–४ स्थित सुन्दरपुर चोकमा साइकलयात्रीको ज्यान जाने गरी भएको सवारी दुर्घटनाको रहस्य चार दिनपछि रौतहट प्रहरीले सुल्झाएको छ ।
दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता गुत्थिलाई सुल्झाएको हो ।
गत जेठ २४ गते राति करिब १ बजे गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनापछि टिप्पर चालक सवारी सहित फरार भएका थिए ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीहरु दोषी चालक र सवारी साधनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै गौर–चन्द्रनिगाहपुर सडकसँग जोडिएको सहायक राजमार्ग अन्तर्गत गरुडा बजार क्षेत्रमा टायर बालेर सडक अवरुद्ध गरी प्रदर्शन गरेको थियो ।
प्रहरीले एक साताभित्रै दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई नियन्त्रणमा लिने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको थियो ।
दुर्घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । विस्तृत अनुसन्धान पछि बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरे ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा एजाजले नै दुर्घटनामा संलग्न रहेको स्वीकारे । उनले बृन्दावन नगरपालिका स्थित शिवम् क्रसर उद्योगबाट ढुङ्गा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा घर फर्किरहेका सहनीलाई ठक्कर दिएको खुलेको प्रहरीले जनाए ।
ठक्करपछि चालक घटनास्थलबाट फरार भएका थिए । प्रहरीले पक्राउ परेका एजाज विरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन