दांग, २१ पुस । दलित माथि भईरहेको उत्पीडन एवं भदभावका विरुद्ध राष्ट्रिय दलित मुक्त जागरण अभियान नेपालले आउदो पुस २५ गते दांगको घोराहीमा विशाल कार्यक्रम आयोजना गर्दै छ ।
सो कार्यक्रमलाई सफल बनाउनका लागि अभियानले दांगका सबै स्थानीय तहमा पुगेर दलित समुदायका अगुवाहरु संग भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । यसैबीच मंगलबार अभियानको टोलीले दांगको तुल्सिपुर, घोराही, नारायणपुर, लमही क्षेत्रमा रहेका दलित अगुवा तथा नेताहरुसंग भेटघाट गरेको हो ।
सचेत होऔं, संगठित होऔं र संघर्ष गरौं भन्ने मुल नारा लिएर पुर्व देखि पश्चिम नेपाल सम्म यो अभियानले आन्दोलनका कार्यक्रम गरिसकेको छ । नेपालमा दलित समुदायमा गैर दलितबाट हुने विभेदका विरुद्ध दलित मुक्ती जागरण अभियान थालेको दांग जिल्ला संयोजक केशब नेपालीले जानकारी दिए ।
हाम्रो यो अभियानले हाम्रो समुदायमा हुने विभेद केही हद सम्म कम बनाउने छ भन्ने हामीले बिश्वास लिएको छौं, संयोजक नेपालीले भने । त्यस्तै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल सुदिरपश्चिमका संयोजक खगेन्द्र सुनारले दलित समुदायको हक अधिकार स्थापित गर्न अब सडक आन्दोलन गर्नु पर्ने बताए । सुनार केही महिना यता मागेर मुक्ती संभव छैन भन्दै नेपालका विभिन्न जिल्लामा पुगेर आन्दोलन गर्दै आएका छन । सो अवशरमा दलित नेता तारा प्रसाद नेपाली, श्यामु सुनार, बम बहादुर विश्वकर्मा, प्रवल रसाइली, तेज बहादुर नेपाली, सुनमाली सुनार, माया नेपाली, ठगेन्द्र नेपाली, लगायतको उपस्थिति रहेको थियो ।