गौर सेवा केन्द्रमा सफल योग भट्टीद्वारा आत्मिक शक्तिको जागरण

0 Shares

प्रेमचन्द्र झा
रौतहट, ३० जेठ । मानव जीवनलाई शान्ति, शक्ति र आध्यात्मिक चेतनातर्फ उन्मुख गराउने उद्देश्यका साथ गौर सेवा केन्द्रमा आयोजित विशेष योग भट्टी कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ ।
आत्मिक उन्नति, सकारात्मक सोचको विकास तथा परमात्मासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने पवित्र उद्देश्यले आयोजित उक्त कार्यक्रममा केन्द्रका जिम्मेवार दिदीबहिनी, वरिष्ठ भाइहरू तथा ठूलो संख्यामा सहभागी साधकहरूले गहन योग साधनामा समय व्यतीत गरेका थिए ।
कार्यक्रमको पावन वातावरण बिहान देखि नै आध्यात्मिक तरंगले भरिएको अनुभव हुन्थ्यो । सेवा केन्द्र परिसरमा उपस्थित सहभागीहरू मौनता, अनुशासन र एकाग्रताका साथ परमपिता परमात्मा शिवको स्मृतिमा लीन भएका थिए । योग भट्टीको प्रत्येक क्षणले सहभागीहरूलाई आत्मचिन्तन, आत्मबोध तथा आत्मिक जागरणको अद्वितीय अनुभूति गराएको थियो ।
उक्त अवसरमा केन्द्रकी मुख्य सञ्चालिका बीके जमुना दिदीले योगको वास्तविक महत्वबारे प्रकाश पार्दै वर्तमान समयको व्यस्त र तनावपूर्ण जीवनमा योग नै मनुष्यलाई आन्तरिक शान्ति र स्थिरता प्रदान गर्ने सर्वश्रेष्ठ माध्यम भएको बताए ।
उनले आत्मा र परमात्माबीचको सम्बन्धलाई सुदृढ बनाउँदै जीवनलाई मूल्यवान, पवित्र र उद्देश्यपूर्ण बनाउन योगको नियमित अभ्यास आवश्यक रहेको विचार व्यक्त गरिन ।
त्यसैगरी उप–सञ्चालिका हरदीप बहिनीले योग भट्टी केवल ध्यानको कार्यक्रम मात्र नभई आत्मिक शक्तिको पुनर्जागरण गर्ने एक आध्यात्मिक प्रयोग भएको उल्लेख गरिन । उनले परमात्माको स्मृतिद्वारा मनका नकारात्मक संस्कारहरू रूपान्तरण भई सकारात्मक ऊर्जा, प्रेम र करुणाको विकास हुने बताइन् ।
कार्यक्रममा वरिष्ठ भाइहरू शान्ति भाइ, लक्षमण भाई, प्रभु भाइ, सुदामा भाइ, प्रेमचन्द्र भाइ, पवन भाइ, धिरेन्द्र भाइ, विजय भाइ लगायतले पनि योग साधनाको अनुभव साझा गर्दै वर्तमान समयमा आध्यात्मिक जीवन शैलीको आवश्यकता झन् बढ्दै गएको धारणा व्यक्त गरे । उनीहरुका अनुसार योगको नियमित अभ्यासले मानसिक तनाव, अशान्ति र निराशालाई हटाई आत्मविश्वास, सहनशीलता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
योग भट्टीका क्रममा सहभागीहरूले गहिरो एकाग्रताका साथ परमात्माको स्मृतिमा बसेर शान्ति, शक्ति, प्रेम, आनन्द र पवित्रताको दिव्य अनुभूति गरेका थिए । केही समयका लागि संसारका विविध चिन्ता, तनाव र भौतिक आकर्षणहरूबाट पर रहँदा उनीहरूले आत्माको मौलिक स्वरूपलाई अनुभव गर्ने अवसर प्राप्त गरे ।
आध्यात्मिक वातावरणमा गुन्जिएका सकारात्मक संकल्पहरूले सम्पूर्ण परिसरलाई अलौकिक ऊर्जा र पवित्रताले भरिपूर्ण बनाएको अनुभूति सहभागीहरूले व्यक्त गरेका थिए ।
कार्यक्रमभरी आध्यात्मिक गीत, प्रेरणादायी विचार तथा मौन साधनाका विभिन्न चरणहरू सञ्चालन गरिएका थिए । ती गतिविधिहरूले सहभागीहरूलाई आत्मनिरीक्षण, आत्मपरिवर्तन र जीवनका उच्चतम मूल्यहरूलाई व्यवहारमा उतार्ने प्रेरणा प्रदान गरेको थियो । योग भट्टीको प्रभावले उपस्थित सबैको मनमा नवीन उत्साह, आशा र आत्मविश्वासको सञ्चार भएको देखिन्थ्यो ।
ब्रह्माकुमारीज परिवारले यस्ता आध्यात्मिक कार्यक्रमहरूले व्यक्तिगत जीवनमा मात्र नभई पारिवारिक, सामाजिक तथा विश्वस्तरमै सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । आत्मिक शक्तिले सम्पन्न व्यक्ति नै समाजमा शान्ति, सद्भाव र नैतिकताको सन्देश फैलाउन सक्षम हुने भएकाले योग र राजयोग ध्यानलाई जीवनको अभिन्न अंग बनाउनुपर्ने आवश्यकता कार्यक्रममा औँल्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।