पाँच दशक पुरानो सरस्वती युवा क्लब चन्द्रनिगाहपुरको नयाँ नेतृत्व चयन, २२ जना अग्रजहरु सम्मान

0 Shares

रौतहट, ३१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित सरस्वती युवा क्लबको विशेष साधारण सभाले श्यामलाल ठोकरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
सो अवसरमा क्लबको विकास, सामाजिक सेवा तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने २२ जनालाई सम्मान गरिएको हो ।
क्लबका अध्यक्ष शिव पुरीको अध्यक्षता तथा पूर्व सांसद देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य धनलाल ठोकर र वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादव विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए । कार्यक्रममा विभिन्न सामाजिक, खेलकुद तथा सामुदायिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमल्सिनाले २०२८ सालमै स्थापना भई दर्ता भएको सरस्वती युवा क्लब चन्द्रपुर क्षेत्रकै पुराना, प्रतिष्ठित र ऐतिहासिक सामाजिक संस्थामध्ये एक रहेको बताए । उनले पाँच दशकभन्दा बढी समयदेखि क्लबले खेलकुद, सामाजिक सेवा, सांस्कृतिक गतिविधि तथा युवा नेतृत्व विकासमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गरे ।
संस्थाको गौरवशाली इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तालाई संस्थासँग जोड्न आवश्यक रहेको धारणा राख्दै युवाको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताए । क्लबले सामाजिक उत्तरदायित्व र संस्थागत विकासलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष शिव पुरीले संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिँदै खेलकुद विकास, विपद् व्यवस्थापन, सामाजिक सेवा तथा जनहितका विविध कार्यक्रम मार्फत क्लबले समुदायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले संस्थालाई आगामी दिनमा अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका अवसरमा क्लबको स्थापना, विकास, खेलकुद प्रवद्र्धन, सामाजिक सेवा तथा संस्थागत मजबुतीकरणमा विभिन्न समयमा योगदान पुर्याएका २२ जनालाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । आयोजकका अनुसार सम्मानित व्यक्तिहरूको योगदानले क्लबलाई वर्तमान अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
साधारण सभाले अध्यक्षमा टोकर बाहेक उपाध्यक्षमा धनबहादुर लामिछाने, सचिवमा दीक्षित पौडेल, सहसचिवमा निर्मल भण्डारी तथा कोषाध्यक्षमा सन्नी राउतलाई सर्वसम्मत रूपमा चयन गरेको छ । सदस्यहरूमा कुमार सिं लामा, पवन चौधरी, सुवोध गिरी, सुमन स्थानी मगर, निकिता ठोकर, सागर घिमिरे, मन्दिरा राई र विरेन्द्र साह चयन भए । साथै कार्यसमितिको बैठकले सोहेल खान र सम्झना चौधरीलाई सदस्य पदमा मनोनयन गरेको जनाए ।
नवनिर्वाचित अध्यक्ष ठोकरले क्लबलाई स्थानीय युवाहरूको साझा संस्थाका रूपमा विकास गर्दै खेलकुद, सामाजिक सेवा, सांस्कृतिक संरक्षण तथा रचनात्मक गतिविधिमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समुदायको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गर्दै संस्थाको गरिमा र प्रभावलाई अझ उचाइमा पुर्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।