मधेश सरकारको नयाँ रणनीति, खर्च कटौती, विकास निर्माणमा प्राथमिकताः अर्थमन्त्री युवराज भट्टराई

0 Shares

रौतहट, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट मार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण तथा वित्तीय अनुशासनलाई प्रमुख प्राथमिकता दिएको छ ।
प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराई (समिर) ले आगामी बजेटलाई उत्पादनमुखी, रोजगारमुखी र परिणाममुखी बनाउने नीति लिइएको बजेट प्रस्तुत गरेको हो ।
उनका अनुसार बजेटले कठोर वित्तीय अनुशासन र मितव्ययिताको रणनीति अवलम्बन गरेको बताए । स्रोतको अधिकतम उपयोग गर्दै अनुत्पादक खर्च कटौती गरी पुँजीगत निर्माण तथा विकास आयोजनामा लगानी बढाइने उनले भने ।
अर्थमन्त्री भट्टराईले एक करोड रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने नीति लिइएको जानकारी दिए । यसका साथै प्रदेश सरकार अन्तर्गत नयाँ सवारी साधन खरिदमा रोक लगाइने घोषणा पनि उनले गरे ।
साना तथा टुक्रे योजनाको चाप कम गर्दै प्रत्यक्ष परिणाम दिने ठूला र रणनीतिक महत्वका आयोजनामा स्रोत केन्द्रित गरिने बताए । बजेट छर्ने पुरानो प्रवृत्तिको अन्त्य गर्दै सीमित स्रोतलाई प्रभावकारी ढंगले परिचालन गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ ।
मन्त्री भट्टराईका अनुसार आगामी बजेटले उत्पादन वृद्धि, आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणलाई केन्द्रमा राख्दै प्रदेशको समग्र आर्थिक विकासलाई गति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।