तराई टप
धरान, २२ पुस । प्रधानमन्त्री तथा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको गढ मानिएको धरानमा मेयरद्धारा गरिएको उल्लेखनिय कामको सराहना गरेको छ ।
धरान उपमहानगरपालिकामा नेपाली काग्रेसको पार्टी कार्यालयको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुको गढमा सबैले मिलेर गरिएको विकास निर्माणको कार्यमा मेयर तिलक राइद्धारा गरिएको कार्य अत्यन्तै सराहनीय रहेको उनले भने ।
कम्युनिष्टको गढ मानिने यस क्षेत्रमा काँग्रेसी कार्यकर्ता राई मेयरमा विजयी भएपछि धरानको विकाशमा उल्लेख्य प्रगति भएको स्पष्ट पारे । पार्टी सभापतिमा आफ्नो अन्तिम कार्यकाल भएको स्मरण गराउँदै देउवाले केही समयमै आउन लागेको तिनै तहका निर्वाचनको तयारीमा जुट्न उनले आग्रह गरे । महाधिवेशनको समयमा भएको प्रतिस्पर्धाको तुष नराखी पार्टी एकतामा जोड दिनुपर्ने उनले आग्रह गरे ।
धरानका मेयरले राम्रो काम गरेको बताउँदै उनले धरानबाट कम्युनिस्टको गढ भत्किन सुरु भएको बताए । उनले अब देश काँग्रेसमय हुँदै गएको प्रधानमन्त्री देउवाले बताए । पार्टी कार्यालय उद्घाटन गरेसँगै फोहोरमैला प्रशोधन केन्द्रको उद्घाटन गरेका उनले बसपार्कबाट अटो चढेर नगरको अवलोकन गरे ।