‘विश्वसनीय पत्रकारिता आजको आवश्यकता’, वरिष्ठ पत्रकार धर्मेन्द्रकुमार झा

0 Shares
रौतहट, ३ असार । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत मिडिया काउन्सिल मधेश प्रदेशद्वारा आयोजित “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ ।
चन्द्रनिगाहपुर स्थित गौतम होटलमा आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेल प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने कार्यक्रम मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान अध्यक्ष तथा चर्चित वरिष्ठ प्रशिक्षक धर्मेन्द्र कुमार झाले पत्रकारितामा आचारसंहिताको महत्व, जिम्मेवार समाचार सम्प्रेषण, तथ्यमा आधारित पत्रकारिता तथा सञ्चार माध्यमको विश्वसनीयता कायम राख्ने विषयमा प्रशिक्षण दिए । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जरा, महासंघका प्रदेश सदस्यहरू, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की लगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका वक्ताहरूले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनविश्वासयोग्य बनाउन पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । सहभागी सञ्चारकर्मीहरूले पनि बदलिँदो सञ्चार परिवेशमा सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढ्दै गएको धारणा व्यक्त गरेको थियो ।
मिडिया काउन्सिल मधेश प्रदेशले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक दक्षता विकास तथा उत्तरदायी पत्रकारिताको प्रवद्र्धनका लागि यस्ता अभिमुखीकरण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।