दुर्गा भगवतीमा सिलाई–कटाई तालिमले बढायो महिलाको आत्मविश्वास, आत्मनिर्भर बन्ने बाटो खुल्दै

0 Shares

रौतहट, ४ असार । रौतहटको दुर्गा भगवती गाउँपालिकाले महिलालाई आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरेको सिलाई–कटाई सीपमूलक तालिम अन्तिम चरणमा पुगेको छ ।
दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा महादेव मन्दीर नजिकै सञ्चालन भइरहेको उक्त तालिमले घरधन्दामै सीमित रहेका महिलाहरूलाई स्वरोजगार तर्फ उन्मुख गराउन उदेश्यले सिलाई–कटाई सीपमूलक तालिम सुरु भई अन्तिम चरणमा पुगेको हो ।
गाउँपालिकाको १० लाख आर्थिक अनुदानमा गत जेठ १ गते देखि असार १५ गते सम्म सञ्चालन हुने तालिममा गंगाजल महिला समूहका ३४ सदस्यमध्ये छनोट गरिएका २५ जना महिलाको सहभागिता रहेको छ । १६ देखि ४० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी सञ्चालन गरिएको तालिममा सिलाई–कटाई सम्बन्धी व्यावहारिक तथा व्यवसायिक ज्ञान प्रदान गरिदै आएको छ ।
तालिममा प्रमुख प्रशिक्षक सरिता कुमारी र सहायक प्रशिक्षक अरुण मियाँ अन्सारीले सहभागी महिलालाई आवश्यक सीप हस्तान्तरण गरिरहेका छन् । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने तालिममा महिलाहरूले कपडा सिलाउने, डिजाइन तयार गर्ने तथा व्यावसायिक रूपमा काम गर्न सक्ने दक्षता हासिल गरिरहेको प्रशिक्षक सरिता कुमारीले बताइन् ।
प्रशिक्षक सरिता कुमारीका अनुसार तालिम अवधिभर आवश्यक सामग्री उपलब्ध गराएको छु । साथै तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागी महिलालाई सिलाई मेसिन समेत प्रदान गरिनेछ, जसले उनीहरूलाई आफ्नै घरबाट आयआर्जन गर्न थप सहज बनाउने उनले अपेक्षा गरिन ।
गाउँपालिका अध्यक्ष शम्भु सिंह र प्रमुख प्रशासकीय अधिकृत मनिष झाले समय–समयमा तालिमस्थलको अनुगमन गर्दै महिलाको सीप विकास तथा आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको बताए । उनीहरूले सीपसँगै रोजगारी सिर्जना गरी महिलाको जीवनस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए ।
सहभागी महिलाहरूले तालिमबाट आफूहरूमा नयाँ उत्साह र आत्मविश्वास बढेको बताउँदै भविष्यमा सिलाई व्यवसाय सञ्चालन गरी परिवारको आर्थिक अवस्था समेत सुधार गर्न सकिने विश्वास व्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।