zoom app 101 zoom app downloader ut zoom download www.zoom meeting download install zoom to all users

के शक्ति बस्नेतलाई प्रचण्डले महासचिव बनाउलान

   २२ पुष २०७८, बिहीबार १३:३१  

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंमा गत आईतवार सकिएको छ ।
२३६ केन्द्रीय कार्य समिति सदस्यको छनोट गरेर अध्यक्षमा पुष्पकमल दहाल प्रचण्ड पार्टीको आठौं महाधिवेशन सम्पन्न गरेको हो ।
प्रचण्डले मनोनीत गरेका दुई सय ३६ केन्द्रीय सदस्यले अब पार्टीको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराउँछन् र विजयी भएको प्रमाणपत्र पाउँछन् । नवनिर्वाचित दुई सय ३६ केन्द्रीय सदस्यबाटै १५ सदस्यीय पदाधिकारी चयन हुनेछन् । अहिलेसम्म माओवादी केन्द्रमा अध्यक्षसहितका पदाधिकारी चयन भएका छैनन् । तर, अध्यक्षपछिको कार्यकारी पद महासचिव को बन्ला भन्ने चासो अहिले माओवादीमा देखिएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प छैन । महासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र शत्तिः बस्नेतको चर्चा छ । पुन, शर्मा र भुसालको सुरुदेखि नै चर्चा भइरहेको हो । तर, बस्नेतको भने आइतबार देखि मात्र चर्चा सुरु भएको छ । माओवादी शक्तिमा आएपछि बस्नेतले सधैं अग्रपंक्तिमा रहेका छन् ।
२०७३ सालमा केपी ओली प्रधानमन्त्री हुँदा बस्नेत पनि मन्त्री थिए । त्यसबेला बस्नेत ओलीसँग निकै नजिकिएका थिए । कतिपय प्रचण्डको निर्देशन समेत बस्नेतले पालना नगर्ने गरेको माओवादीहरू नै बताउँछन् । एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि बस्नेतको ओलीसँग सम्बन्ध निकै प्रगाढ थियो । उनी अन्तिम समयसम्म पनि ओलीकै साथमा थिए । तर, पछि उनी प्रचण्डसँगै रहे । अहिले प्रचण्डलाई झन्डै धोका दिएका बस्नेतको महासचिवमा चर्चा सुनेर माओवादीका नेता एवं कार्यकर्ताहरुमा विरोधाभास भईरहेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै